
झापा- झापाको पश्चिम दक्षिण भेगमा रहेको गौरादह नगरपालिकामा सौर्य उर्जाबाट खानेपानी आयोजना सञ्चालनमा आएको छ।
प्रदेश सरकारको १ करोड बजेटमा ४५ किलो वाट क्षमताको सोलार उर्जाबाट खानेपानी संचालन गर्न थालिएको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ।
सौर्य उर्जाबाट खानेपानी वितरण सुरु भएसँगै विद्युत अभावमा खानेपानी बन्द हुने समस्या अन्त्य भएको छ। सौर्य उर्जाबाट खानेपानी आयोजना संचालन भएपछि पानी विस्तारको क्षमता समेत बढेको छ ।
सौर्य उर्जाका कारण अरु थप ५ हजार घरधुरीमा धारा विस्तार गर्ने योजना रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीले बताए ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ९६ लाख ४६ लाख रुपयाँ बजेटमा निर्माण गरिएको सौर्य उर्जाले विधुत अवरोध हुँदा खानेपानी बन्द हुने समस्या समेत हटेको छ।