कृषिमन्त्री खनाल कागती बगानमा

नफलेको कागतीको बोट देखाउँदै किसान उप्रेतीले भने, ‘यो कृषि कार्यालयबाट दिएको विरुवा हो,मन्त्रीज्यू’

नफलेको कागतीको बोट देखाउँदै किसान उप्रेतीले भने, ‘यो कृषि कार्यालयबाट दिएको विरुवा हो,मन्त्रीज्यू’
+
-

झापा- मंगलबार बिहान झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं २ का कागती किसान राम उप्रेतीको कागती बगान पुगेका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले नफलेको कागतीको बोट देखाउँदै सोधे, ‘यो कहाँबाट ल्याएको विरुवा हो?’

किसान उप्रेतीले भने, ‘मन्त्रीज्यू, यो कृषि कार्यालयले दिएको उन्नत जातको विरुवा हो। तर अहिलेसम्म फलेन।’

अन्य विरुवाका दाँजोमा उक्त विरुवा फस्टाएन। सिधा अग्लो भयो झ्यांगिएन पनि।

किसान उप्रेतीले फेरि भने, ‘कृषिले दिएका विरुवा सबै मासेर अरु नै विरुवा लगाउँदैछु।’ मन्त्रीले जवाफ फर्काएनन्।

उप्रेतीले झापा मेचीनगरका किसान डिल्ली उप्रेतीले उपलब्ध गराएको विरुवा रोपेपछि कागती उत्पादन शुरु भएको बताए। उनले भने, ‘डिल्लीजीले दिएको कागतीका विरुवा लगाएपछि मात्र कागती फलाउन सकें।’

किसान उप्रेतीद्वयले कागतीको उत्पादनदेखि बजार पुर्याउँदासम्म समस्यै समस्या रहेको मन्त्री खनाललाई जानकारी गराए।

कागतीका विरुवा छनोट, उत्पादनका लागि किसानले पूर्वाधार निर्माणमा देखिएका समस्या, कागतीको मूल्यलगायत विषयमा किसानले मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए।

मन्त्री खनालले कागती खेतीको पकेट क्षेत्र बनाउनका लागि प्रदेश सरकारसंग समन्वय गरिने जानकारी दिए।

उनले नखाँदा नमरिने बस्तु किनेर खाएर आयात बढाउनु भन्दा आफैंले खाने बस्तु आफैं उत्पादन गरे कृषि वस्तु आयातलाई निरुत्साहित गर्न सकिने बताए।

उनले भने, ‘हाम्रो खर्च गर्ने शैली बढेको तर उत्पादनमा ध्यान नगएको हो। व्यवहार नसुधारे सरकारले जति नै गर्दा पनि हुँदैन।’

मन्त्री खनालले गत आर्थिक बर्षमा साँढे चार अर्बको कागती नेपाल आयात भएको जानकारी दिँदै कागतीको व्यवसायिक खेती लाग्ने किसानलाई सरकारले सक्दो सहयोग गर्ने बचन दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?