सिक्किमका मुख्यमन्त्री गोलेको घोषणा- म जेलबाट छुटेको दिन अबदेखि जन उन्मुक्ति दिवस

सिक्किमका मुख्यमन्त्री गोलेको घोषणा- म जेलबाट छुटेको दिन अबदेखि जन उन्मुक्ति दिवस
+
-

झापा– नेपाली भाषीको बाहुल्य रहेको भारतको उत्तरपूर्वी हिमाली राज्य सिक्किममा मुख्यमन्त्री पीएस गोले कारागारमुक्त भएको दिनलाई ‘जन उन्मुक्ति दिवस’का रुपमा शनिवार मनाइएको छ।

गत वर्ष १० अगस्ट आजकै दिन मुख्यमन्त्री गोले कारागारमुक्त भएका थिए। उनलाई लागेको भ्रस्टाचार मुद्दामा सिक्किम उच्च अदालतले तोकेको एक बर्षको कारावास सजायमा सन् २०१७ अगस्ट १० मा उनले अदालत समक्ष आत्मसमर्पण गरेका थिए।

पवनकुमार चाम्लिङ मुख्यमन्त्री रहेका बेला नरबहादुर भण्डारी अध्यक्ष रहेको सिक्किम संग्राम परिषदभित्रका एक सदस्यले गोलेमाथि भ्रष्टाचार मुद्दा हालेका थिए। चाम्लिङकै पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टमै थिए गोले त्यो बेला।

तर, पछि सत्ता तथा पार्टीमा कुरा नमिलेपछि गोलेले छुट्टै पार्टी सिक्किम क्रान्तिकारी मोर्चा स्थापना गरेर चाम्लिङको कार्यशैलीको विरोध गर्दै आएका थिए।

गत विधान सभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत ल्याएपछि पवनकुमार चाम्लिङको पार्टी प्रतिपक्षमा बस्न बाध्य बन्यो। गोले निर्वाचित जनप्रतिनिधि होइनन्। उनी ६ महिनाका लागि मुख्यमन्त्री भएका हुन्। उनले मुख्यमन्त्री रहिरहन उपनिर्वाचनमार्फत निर्वाचित हुनुपर्ने हुन्छ।

सत्तामा आएपछि आफू कारागारामुक्त भएको दिनलाई ‘जन उन्मुक्ति दिवस’का रुपमा मनाउने उनले घोषणा गरेका हुन्।

सिक्किमको रानीपुलको एउटा विद्यालयमा आयोजित जन उन्मुक्ति दिवस कार्यक्रममा मुख्यमन्त्री गोलेले पाँच वर्षका लागि आफ्नो पार्टीलाई सत्तामा पुर्‍याएको र पाँच वर्षपछिको चुनावमा जनतासँग आफूले भोट नमाग्ने बताए।

उनले भने, ‘पाँच वर्षपछि हामी तपाईंहरुलाई भोट माग्दैनौँ। काम देखेर तपाईं आफैं हामीलाई भोट दिनुहुन्छ।’

सिक्किममा २५ वर्षपछि व्यवस्था परिवर्तन भएको भन्दै गोलेले सिक्किमे जनता बधाई दिँदै आफू कारागारमुक्त भएको दिन हरेक वर्षको अगस्ट १० तारिकलाई जन उन्मुक्ति दिवसका रुपमा मनाइने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?