हात्ती देख्यो कि खेद्न निस्किन्छन्

हात्ती देख्यो कि खेद्न निस्किन्छन्
+
-

झापा – विगत केही महिना यता झापाका विभिन्न स्थानमा एउटा आँखा फुटेको जंगली हात्ती घुमिरहेको छ।

जब त्यो हात्ती एकाबिहानै मानिसले देख्छन् तब हात्तीले कतैबाट आफ्नो बाटो लाग्न पाउँदैन। उ कसैको खेतमा जान्छ अनि त्यहाँ भएका अन्नबाली खान्छ । उपद्रो गर्न थाल्छ।

मानिसहरुको आवाजले त्यो हात्ती बिच्किन्छ र मानिसलाई नै आक्रमण गर्ने प्रयास गर्छ।

यो प्रक्रिया अहिलेको मात्र होइन। जब जंगली हात्ती आहाराको खोजीमा जंगल बाहिर निस्किन्छ तब मानिसहरु त्यो हात्ती कतै जाने बाटो नदिइकन छेकेर राख्छन्।

वनभित्र सीमित पारिँदै

दक्षिण झापामा दिनहुँ जस्तो जंगली हात्ती मानव बस्तीमा पसेर जनधनको क्षति गर्न थालेपछि ती जंगली हात्तीलाई जंगलभित्रै सीमित गरिन लागिएको छ।

झापाको हल्दिबारी र कचनकवलस्थित जलथलको चारकोशे जंगलमा विद्युतीय तारवार निर्माण गर्ने काम भइरहेको डिभिजन बन कार्यालय झापाले जनाएको छ।

प्रकृति संरक्षण कोषमार्फत खर्च गर्ने गरि नेपाल सरकारको ६ करोड रुपैयाँको लागतमा जलथल चारकोशे जंगल क्षेत्रको करीब ३७ किलोमिटर क्षेत्रमा तारवार निर्माण गर्ने काम भइरहेको डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए।

अहिलेसम्ममा करिब २० किलोमिटर क्षेत्रमा काम सम्पन्न भइसकेको उनले बताए। घिमिरेका अनुसार आगामी कात्तिक महिनासम्ममा तारवार निर्माणको काम सम्पन्न हुनेछ।

नेपाल भारतको सीमा मेची नदी किनारमा लगाइएको करिब १८ किलोमिटर तारवारले अहिले राम्रो काम गरिरहेको र समूहमा भारतबाट आउने जंगली हात्ती अहिले बाहुनडाँगी क्षेत्रमा नआएको घिमिरेको भनाई छ।

हाल झापाका जंगलमा १० देखि १५ वटा हात्ती स्थायी रुपमा बस्दै आएको बन कार्यालयले जनाएको छ।

पाँचवटालाई करेन्ट लगाएर मारिए

पृथ्वीको लोपोन्मुख सबभन्दा ठूलो स्तनधारी प्राणी हात्तीलाई नेपालमा पनि करेन्ट लगाएर मार्ने काम पनि तीव्र भइरहेको छ। तर त्यसरी हात्तीलाई करेन्ट लगाउने मानिसलाई कारवाही भएको कुरा प्रायः सुन्न पाइएको छैन।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरु भन्छन् मान्छेले लगाएका बालीलाई हात्तीले नोक्सान गर्ने भएकाले मानिस हात्तीप्रति क्रुद्ध भएका हुन्।

२०६६ साल असार २८ गते झापा बाहुनडाँगीको निन्दास्वामी चोकमा एउटा भाले हात्तीलाई करेन्ट लगाएर मारिएको डिभिजन वन कार्यालय झापाको तथ्यांकमा छ।

२०६९ असार २२ गते झापाकै शान्तिनगर पानीघट्टामा करेन्टसहित लगाइएको पासोमा परेर अर्को हात्ती मर्यो।

२०७४ साल असार २८ गते पुनः अर्को हात्तीलाई झापाको कचनकवल गाउँपालिका ७ कुनाबारीमा विद्युतकै पासो थापेर मारियो।

त्यसपछि २०७५ भदौ २१ गते झापा मेचीनगर ९ को चिहान डाँडामा अर्को हात्तीलाई करेन्टकै पासो थापेर मारिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

गएको असार १४ गते पुनः अर्को हात्ती झापाको हल्दीबारी गाउँपालिका ३ मा रहेको रनकाली सामुदायिक बनमा करेन्ट लगाएरै मारिएको डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?