
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनलाई लिएर त्रिभुवन विमानस्थलको उडान प्रभावित पारिएको छ। सुरक्षाको कारण देखाउँदै आन्तरिक तथा बाह्य उडानको समय धकेलिएपछि यात्रुहरु आक्रोशित भएका छन् ।
प्रधानमन्त्री स्वदेश फर्किरहेको जहाज आइपुग्ने क्रममा रहेको भन्दै आन्तरिक उडान डिले गरिएको छ । झापा जाने विमानमा बसिसकेका यात्रुहरुलाई विमानबाट झारेर प्रतिक्षाकक्षमा बसाइएपछि उनीहरु आक्रोशित बनेका छन् ।
स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली केहीबेरमा स्वदेश पुग्ने क्रममा छन् ।