नेताहरुमा काम गर्ने इच्छाशक्ति नहुँदा देश विकासको गति कम भयाे: रविन्द्र मिश्र

नेताहरुमा काम गर्ने इच्छाशक्ति नहुँदा देश विकासको गति कम भयाे: रविन्द्र मिश्र
+
-

झापा– साझा पार्टीका संयोजक रविन्द्र मिश्रले देश विकास गर्नलाई नेपालमा अहिलेसम्म बनेका कुनै पनि संविधानले बाधा नगरेको बताएका छन्।

शनिवार झापाको विर्तामोडमा आयोजित पार्टीका झापा संयोजक घोषणा कार्यक्रममा बोल्दै मिश्रले संविधान तथा कानुनले नभई राजनीतिक दलका नेतामा काम गर्ने इच्छा शक्ति नभएकाले अहिलेसम्म देश विकासको गति कम भएको बताए।

उनले भने, ‘के २०४७ सालको संविधानले देश विकास गर्न रोकेको थियो? कि अहिलेको संविधानले रोकेको छ? काम गर्नका लागि इच्छाशक्ति भए कुनै पनि दस्तावेजले काम गर्न बाधा गर्दैन।’

अमेरिकी तथा युरोपेली मुलुकहरुले नेपालीहरुलाई सहज रुपमा भिजा दिने व्यवस्था भए नेपालमा पढेलेखेकाको संख्या अत्यन्त न्यून हुने मिश्रको भनाइ थियो। उनले पढेलेखेकाहरु देशमा बस्न नरुचाएका कारण दैनिक धेरै नेपाली विदेशिने गरेको बताए।

उनले भने, ‘विदेश जान सहज रुपमा भिजा नपाएकाले मात्र पढेलेखेका नेपालीहरु देशमा छन्। नत्र कोही पनि देशमा बस्न मन गरेका छैनन्।’

आफ्नो पार्टी सरकारमा गएको खण्डमा क्याविनेटको पहिलो बैठकले कर्मचारीका संगठन खारेज र २०४८ पछि सत्तामा बसेका राजनीतिक दलका नेताका सम्पत्ति छानविन गर्ने मिश्रले बताए।

उनले भने, ‘भ्रस्टाचारको जालो काठमाडौंमा छ। हामी सरकारमा जाने वितिक्कै यी दुई काम गरेरै छाड्छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?