शान्ति मिसनमा जाने सिपाहीको भत्ता मासिक ८५ डलरले बढ्यो

शान्ति मिसनमा जाने सिपाहीको भत्ता मासिक ८५ डलरले बढ्यो
+
-

काठमाडौं- नेपाली सेनाले शान्ति मिसनमा खटिने सिपाहीको मासिक भत्ता ‘बेसिक अलाउन्स’ वृद्धि गरेको छ। सैनिक कल्याणकारी कोष सन्चालन तथा व्यवस्थापन समितीको सोमबार बसेको बैठकले सिपाहीको मासिक भत्ता ८५ अमेरिकी डलरले बढाएको हो। अब सिपाईले मासिक भत्ता १ हजार एक सय १४ अमेरिकी डलर प्राप्त गर्नेछन्।

यसअघि उनिहरुको मासिक भत्ता  १ हजार २९ अमेरिकी डलर थियो। प्रधानसेनापति पूर्णचन्द्र थापाको सिपाहीलक्ष्यित योजनाअन्तर्गत मिसनमा खटिने सिपाहीले पाउने भत्ता वृद्धि गरेका हुन्।

यो रकम सैनिक कल्याणकारी कोषबाट पुर्ति गरिने छ। जंगी अड्डाका अनुसार यो निर्णयपछि सैनिक कल्याणकारी कोषलाई वार्षिक ४६ करोड ३० लाख रुपैयाँ व्ययभार पर्ने नेपाली सेनाले जनाएको छ। वृद्धि गरिएको भत्तादर १ अक्टोबर २०१९ बाट लागू हुने छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सिपाहीलाई प्रेरित र हौसला दिने प्रधानसेनापतिको योजनाअनुरुप भत्ता वृद्धि गरिएको बताए। ‘ कल्याणकारी कोषबाट व्यहोरिने भएकाले नेपाली सेना आफैले शान्ति मिसनमा खटिने आफ्ना सैनिक कर्मचारीलाई प्रेरित गर्न गरेको  निर्णय हो यो’, प्रवक्ता पान्डेले भने।

सिपाहीले पाउने मासिक भत्ता ‘बेसिक अलाउन्स’ करिब साढे ८ प्रतिशतले वृद्धि गरेको हो। यसैगरि शान्ति मिसनमा गण कमान्ड गर्ने प्रमुख सेनानी ‘मेजर’ले प्राप्त गर्ने मासिक भत्तामा पनि २१ डलरले वृद्धि गरिएको छ।

अब गणपतीले मासिक एक हजार ३ सय ९९ डलर प्राप्त गर्नेछन्। सैनिक जंगिअड्डाद्धारा भत्तादर पुनरावलोकन गर्न गठित अध्ययन कार्यदलले गरेको सिफारिसका आधारमा भत्तादर वृद्धी गरिएको जनाइएको छ। हाल नेपाली सेनाका पाँच हजार ९४ कर्मचारी शान्ति मिसनमा कार्यरत छन्।

शान्ति मिसनमा खटिने पिप्रादेखि लेफ्टिनेन्ट कर्नेलसम्मलाई संयुक्त राष्ट्र संघले समान मासिक १ हजार २ सय  ९७.६१ बेसिक अलाउन्स दिने गरेको छ। यसको २२ प्रतिशत नेपाली सेनाले सैनिक कल्याणकारी कोषका लागि छुट्याउने गर्दछ।

बाँकी एक हजार १२.१३ अमेरिकी डलर हुन आउँछ। यसबाहेक स्पेसल अलाउन्सबापत प्राप्त हुने रकमलाई जंगी अड्डाले दर्जाअनुसार वितरण गर्ने गर्दछ। जसमा स्पेसल अलाउन्सबाट प्राप्त हुने १७ डलरले सिपाहीको मासिक भत्ता एक हजार २९ अमेरिकी डलर पुगेको थियो। शान्ति मिसनमा खटिने नेपाली सेनाले दैनिक पानीका लागि छुट्टै १.२८ अमेरिकी डलर पाउँछन्। यसैगरि वर्षको ३० दिन दैनिक १०.५ अमेरिकी डलरले विदा भत्ता प्राप्त हुने गरेको नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्र संघले सन् २०१६ मा शान्ति मिसनमा खटिने सैनिकको मासिक बेसिक अलाउन्स १ हजार २८ बाट बढाएर एक हजार २ सय ९७.६१ अमेरिकी डलर पुर्‍याएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?