देशसञ्चार संवादमा पर्यटन बोर्डका सीईओ दीपक जोशी

‘अवस्था यही रहे भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्रिने छैनन्’

+
-

काठमाडौँ– सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित तयारी तीव्र पारिरहेको दाबी गरिरहेका बेला नेपाल पर्यटन बोर्डका सीईओ दीपक जोशीले नेपालको विद्यमान क्षमतामा सुधार नगरे त्यो उद्देश्य पूरा नहुने निष्कर्ष निकालेका छन्।

पर्यटन प्रर्वद्धनमा प्रशस्त काम भएपनि भौतिक पूर्वाधारको विकास र नेपालसँग हवाई सेवाको कनेक्टिभिटी बढाउन सफल नभए भ्रमण वर्ष २०२० मा १४/१५ लाख मात्रै पर्यटन भित्रिने जोशीको ठहर छ।

खासगरी सरकारको घोषणाअनुसार लुम्बिनी विमानस्थलको निर्माणकार्य नसकिएमा र अन्य पर्यटकीय स्थल पुग्ने सडक विस्तार र त्यसको सुधार तथा सुरक्षाको ग्यारेन्टी नभएमा पर्यटकको संख्या र उनीहरुको बसाई लम्बाउन चुनौति हुने उनको भनाई छ।

पर्यटन वर्ष २०२० सफल पार्न सरकारले लामो र कडा महेनेत अझै गर्न आवश्यक रहेको र त्यसअनुसार आफूहरुले सम्बन्धित निकायलाई सुझाव दिइरहेको बताएका उनले अव संवदनशिल भएर आन्तरिक गृहकार्य गर्न जरुरी रहेको बताएका छन्।

जोशीले मुलकका खासखास क्षेत्रलाई मात्रै पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक भएपनि स्थानीय तहमा आआफ्नै तरिकाले एउटा टावर बनाएर तारबार गरी पर्यटकीय स्थलको घोषणा गर्नुले कुनै उपलब्धी हाँसिल नहुने बताएका छन्।

मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा मनलाग्दी शुल्क उठाउन थालेपछि पर्यटकहरु हच्किनसमेत थालेको उनको भनाई छ।

सरसफाईमा सरकारले ठूलो रकम खर्चिरहे पनि पर्यटक स्थलमा सरसफाईको समस्या देखिएको र त्यो सुधारका लागि स्थानीय तहले ध्यान दिन आवश्यक रहेको उनले बताएका छन्।

उनले भनेका छन्,‘आन्तरिक तयारी धेरै आवश्यक छ। रोड सेफ्टी, एभियसन सेफ्टी लगायतमा ध्यान दिनुपर्छ। यातायत साधनमा समस्या छ। हस्पिटालिटीमा सम्झौता गर्नु हुन्न र नयाँ ढंगबाट मार्केटिङ गर्न जरुरी छ। अनि मात्रै उद्देश्य पूरा हुन्छ।’

देशसञ्चार संवादमा उनले पर्यटन व्यवसायले देशको विकास संभव हुने,थोरै लगानीमा पर्याप्त आम्दानी हुने, वातावरणमैत्री हुने लगायत यो व्यवसायमा संभावना व्यापक रहेको उनको भनाई छ।

दीपक जाेशीसँगको विस्तृत अन्तर्वार्ता भिडियाेमा: 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?