सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा सुरु, तर उद्‌घाटनकै दिन इन्टरनेटले धोका दियो

सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा सुरु, तर  उद्‌घाटनकै दिन इन्टरनेटले धोका दियो
+
-

काठमाडौं-नेपाल टेलिकमले सातै प्रदेशमा फोरजी सेवा शुभारम्भ गरेको पहिलो दिन नै इन्टरनेटले धोका दिएको छ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा टेलिकमले बुधबार ३२ जिल्लाका ५० ठाउँमा  एकसाथ हाई स्पीड इन्टरनेट ‘फोर जी’ सेवाको शुभारम्भ गरिए पनि
सातै प्रदेशका मुख्‍यमन्त्रीको भिडियो कन्फेरेन्समा भने फोरजी इन्टरनेटले कामै गरेन।

उद्घाटनका क्रममा प्रधानमन्त्री र प्रदेश ७ का मुख्यमन्त्रीहरुबीच फोर जी प्रयोग गरेर  भिडियो कन्फरेन्स गरिएको थियो। प्रदेश-२ का मुख्‍यमन्त्री लालबाबु राउत भिडियोमा मुस्कुराइरहेको देखिए पनि आवाज भने सुनिएन।

प्रधानमन्त्री ओलीले त्यतिबेलै भने, ‘माननीय मुख्‍यमन्त्री ज्‍यूहरु,आवाज कस्तो सुनियो?’ प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले भने, ‘ प्रधानमन्त्री ज्‍यू, त्यहाँबट बोलेको राम्रोसँग बुझिएको छैन।’

त्यसपछि प्रधानमन्त्री ओलीले मुस्कुराउँदै भने ‘ ल ठीकै छ।भिडियो त देखायो आवाजमा अझै पो समस्‍या रहेछ।’ यसपछि उनले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बोल्न समय दिए। तर उक्त बेला पनि टेलिकमको फोरजी इन्टरनेटले धोका दियो।

भिडियोमा एकअर्कालाई देखिए पनि बोलेको भने पटकै सुनिएन।घरी भिडियोमा एक प्रदेशमा मुख्‍यमन्त्रीलाई देखाउने त घरी दुई प्रदेशका मुख्यमन्त्री। प्रदेश- ६ र सातका मुख्‍यमन्त्रीले त बोल्‍नै पाएनन्। भिडियोमा उनीहरुले टाउको मात्रै हल्लाए र औपचारिक रुपमा फोरजीको शुभारम्भ भएको ‘हो मा हो’ को समर्थन जनाइरहेका थिए।

उद्घाटनकै दिन टेलिकमको फोर जी इन्टरनेटले साथ नदिएपछि हलमा हाँसोको फोहोरा छुट्यो। त्‍यसपछि प्रधानमन्त्री ओलीले भिडियोमा देखिए पनि भ्वाइसमा भने अझै समस्‍या रहेकाले विस्तारै सबै सुधार हुँदै जाने विश्‍वास व्‍यक्त गरे।

उनले भने ‘हरेक दिन नेपालले विकासको एक पाइला अगाडि सारेको छ।हामी अब राजनीतिक परिवर्तनसँगै प्रविधिमा पनि विस्तारै अपग्रेड हुँदै गएका छौ।’

उनले आफ्नो बाल्‍यकालको अनुभव समते हलमा सुनाउँदै भने, ‘ त्यतिबेला आकाशवाणीबाट हामीले थाहा पाउँथ्यो खबरहरु। पछि विस्तारै रेडियो आयो। त्यसपछि सोच्‍नै नसकिने मान्छे देखिन सक्‍ने गरी ब्ल्याक एण्ड ह्वाइट टिभी आयो। अहिले हामी फोर जीको यगमा छौ।’

उनले अब नेपाल प्रविधिमा द्रूत गतिमा विकास र विस्तारहरु गर्ने लक्ष्य अनुरुप अगाडि बढिसकेको दाबी गरे। यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले टेलिकम सरकारी भए पनि नीजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै नेपालीमो मन जित्न सफल भएको बताए।

उनले भने, ‘हामी एक वर्षको यो परियोजनालाई १८ महिनामै पूरा गरेका छौ। साथै देशभर फोर जी इन्टरनेट सेवा शुभारम्भ गरेका छौ।’

यो पनि पढ्नुहोस्

५९ शहरमा अब चौथो पुस्ताको फोरजी सेवा

५९ शहरमा अब चौथो पुस्ताको फोरजी सेवा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?