चन्द्रगढी विमानस्थल भद्रपुरको स्तरोन्नतिका लागि प्रधानमन्त्री ओलीको चासो

चन्द्रगढी विमानस्थल भद्रपुरको स्तरोन्नतिका लागि प्रधानमन्त्री ओलीको चासो
+
-

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाको चन्द्रगढी विमानस्थल भद्रपुरको स्तरोन्नतिका लागि चासो दिएका छन्।

गृहनगर दमकमा आयोजना गरिएको दसैँ शुभकामना कार्यक्रममा सहभागी हुन सोमबार चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने वितिक्कै विमानस्थलका प्रमुख पूर्ण चूँडालले विमानस्थल स्तरोन्नतिका लागि भइरहेको कामबारे प्रधानमन्त्री ओलीलाई सुनाएका थिए।

उक्त विमानस्थलको धावन मार्ग विस्तारका लागि नेपाली सेनाको व्यारेक हट्यो हटेन भन्नेबारे विमानस्थल प्रमुखसँग प्रधानमन्त्री ओलीले सोधेका थिए।

उनले चूँडालसंग सोधे, ‘नेपाली सेनासँग कुरा मिल्यो?’

जवाफमा विमानस्थल प्रमुख चूँडालले उक्त व्यारेक हटाउने विषयमा पहल भइरहेको जानकारी दिएका थिए।साथै चूँडालले जहाजको पार्किङ स्थल विस्तार, रनवे मर्मत साथै आपतकालिन परिस्थितिमा आवश्यक ‘फायर फाइटिङ भेहिकल’ दमकलको व्यवस्था भइसकेको जानकारी दिए।

विमानस्थलको विकास तथा विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने सम्बन्धमासमेत उनले प्रधानमन्त्रीलाई जानकारी गराए।गत माघ १७ गतेदेखि उक्त विमानस्थलमा रात्रीकालिन सेवा आरम्भ भएपश्चात विमान उडान तथा अवतरण पनि सहज भएको छ।

चन्द्रगढी विमानस्थल भद्रपुरबाट काठमाडौं बाहेक पोखरा, भैरहवा तथा माउन्टेन फ्लाइटका लागि पहल भइरहेको बारे चूँडालले प्रधानमन्त्री ओलीलाई जानकारी गराए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?