दृष्टिबिहीनहरुका दृष्टि, खिलप्रसाद सिवाकोटी

‘उनीहरुको प्रगति सुनेकाे रात आनन्दले निदाउँछु’

‘उनीहरुको प्रगति सुनेकाे रात आनन्दले निदाउँछु’
+
-

झापा – अहिलेसम्म जीवनको करिब आधा समय उनले बाहिरी दृष्टि नभएकाहरुसँग बिताए। अझै उनको करिब पाँच महिना छ सेवाबाट अवकास हुन। अहिले पनि उनको संगत तिनै बाहिरी दृष्टि नभएका विद्यार्थीहरुसँग छ।

भन्छन्, ‘यस्ता बाहिरी आँखा नभएका तर भित्री आँखाले मलाई चिन्ने मेरा प्यारा विद्यार्थीहरुको प्रगतिको खबर सुन्दा मलाई आनन्दको निद्रा लाग्छ। मेरो मन उसै रमाउँछ। मेरो करिब बुढ्यौली उमेर पनि तन्नेरी भएको हो कि भन्ने आभास हुन्छ। काम गर्ने जाँगर थपिन्छ।’

आफ्ना विद्य‌ार्थीहरुका साथमा खिलप्रसाद सिवाकाेटी।

उमेर पनि छिप्पिएर आएका त्यही पनि आँखाले संसार नदेखेका विद्यार्थीहरुलाई ‘ट्र्याक’मा ल्याउन कहाँ सजिलो छ र? कोही त विद्यालय आएको १५/२० दिनसम्म पनि घरको यादले रुने/कराउने गर्छन्। तर जति नेत्रहीन विद्यार्थीहरु उनीसँग आए प्रायः रमाए। झापाको विर्तामोड नगरपालिका वार्ड नं ७ गरामनीमा रहेको दुर्गा माविका शिक्षक खिलप्रसाद सिवाकोटीले ती विद्यार्थीलाई माया दिए। अहिले उनी त्यस्ता विद्यार्थीको अभिभावक बनेका छन्।

शिक्षक शिवाकोटी अहिले ६० वर्षका भए। २०३७ सालदेखि दुर्गा माविमा उनको नियुक्ति भयो। २०५० साल भदौ महिनादेखि उक्त विद्यालयमा नेत्रहीनहरुलाई पढाउन सुरु गरेपछि उनी लगातार तिनै नेत्रहीन विद्यार्थीलाई पढाउन थाले।

गायिका मेनुका पाैडेल आफ्ना शिक्षक सिकाकाेटीका साथमा साइकलमा।

उनिहरुलाई पढ्न लेख्न सिकाउन उनका लागि चुनौतीको विषय थियो। ब्रेल लिपीको तालिम लिएर आएपछि विद्यार्थीलाई त्यसमा अभ्यस्त गराउन सहज भएको अनुभव उनी सुनाउँछन्। शिवाकोटी भन्छन्, ‘२०५१ सालमा ब्रेलको तालिम लिएर आएँ अनि म पनि अभ्यस्त हुँदै गएँ। उनीहरुलाई अभ्यास गराउँदै गएँ।’

उनको अनुभव बेजोडको छ। कुनै विद्यार्थीले त, ‘सर, तँ यहाँ आइज’ पनि भनेको अनुभव उनले सुनाए। पहाड, कुना कन्दराका विद्यार्थीले आदरार्थी शब्दको प्रयोग नै नजानेको अवस्था विद्यालय आउने गरेको उनको भनाइ छ। उनले भने, ‘यस्ता कठिन भन्दा कठिन कामबाट पार पाउन अब करिब पाँच महिना छ।’

शिक्षक सिवाकाेटीलाई सम्मानित गरिँदै।

अहिलेसम्म उनले करिब ४५ जना जति नेत्रहीन विद्यार्थीलाई पढाए। उनका विद्यार्थीहरु रमेश प्रसाईं, मनेका पौडेल, अस्मिता सिवाकोटी, देवनारायण रौनियार, दिपक थापा, धनपति साम्बा आदिले उनीहरुको क्षेत्रमा नाम कमाइसकेका छन्।

सिवाकोटीका अनुसार उनको जीवनको धर्मकर्म नै त्यही हो। उनले भने, ‘धर्म गर्नलाई पुराण लगाइरहनु नपर्ने रहेछ।’ उनलाई विर्तामोडको बीरता जेसीजले २०५५ सालमा उत्कृष्ट नागरिकको सम्मान पनि दिइसकेको छ। २०५८ सालमा शिक्षा मन्त्रालयले उत्कृष्ट शिक्षकको अवार्ड दिएको थियो भने भर्खरै इटहरीको जनता बहुमुखी क्याम्पसले पनि कदर पत्रसहित सम्मान गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?