‘हामी यस्तै त हो नि ब्रो’ भन्ने भिटेनसँग किन टाउको दुख्यो प्रहरीलाई?

‘हामी यस्तै त हो नि ब्रो’ भन्ने भिटेनसँग किन टाउको दुख्यो प्रहरीलाई?
+
-

काठमाडौँ: चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’लाई पक्राउ गर्नुको कारणबारे महानगरीय प्रहरी अपराध महाशाखाले भनेको छ- भिटेनले प्रहरी बर्दीको दुरुपयोग गरेका छन्।

असईको बर्दी लगाएर चुरोट सेवन गरिरहेको अवस्थामा खिचिएको तस्बिर उनले प्रोफाइल तस्बिर बनाएको र प्रहरीको बदनामी गरेको प्रहरीको भनाइ छ।

र्‍यापर भिटेनले भने सुटिङका क्रममा खिचिएको तस्विरलाई प्रोफाइल तस्बिर बनाएको भन्दै गल्ती भएको स्वीकारेका छन्। तर, प्रहरी भिटेनलाई छाड्न तयार छैन। अभद्र व्यवहारको कसुर लगाएर उनीमाथि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राख्ने तयारी भइरहेको छ।

पछिल्लो समय युवा वृतमा निकै चर्चित भिटेन शुक्रबार सुदुर पश्चिमको महेन्द्रनगरमा कन्सर्टका लागि जाने तयारीमा थिए। तर त्यसको अघिल्लो दिन, बिहीबार बिहान भिटेन झम्सिखेलबाट पक्राउ परेका हुन्।

‘हामी हाम्रो बर्दी दुरुपयोगको कसुरमा पनि मुद्धा चलाउन सक्छौँ। अभद्रमा म्याद थप्नु भनेको उनलाई सचेत मात्र गराएजस्तै हो’, महाशाखाका एक अधिकृत भन्छन्।

बर्दीकै कारण पक्राउ परेका हुन् भिटेन? 

यसै साता महाशाखाको टोलीले पछिल्लो समय चर्चा कमाएका गायक दुर्गेश थापालाई पक्राउ गर्‍यो, आपत्तिजनक र उच्छृंखल शब्दहरु प्रयोग गरेर गीत गाएको भन्दै।  दुर्गेशले तिहारका लागि ल्याएको ‘ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत पछिल्लो समय भाइरल जस्तै भएको थियो।

‘ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बियर’, ‘ डन आयो डन जा मुला भन्’, ‘ राजा हो राजा बजाई दिम्ला बाजा’, ए निकाल गाँजा, खानुपर्छ आज’ लगायत शब्द प्रयोग भएको गीत दुर्गेशको आफ्नै युट्युब च्यानलमा रिलिज भएको एक साताको अन्तरमा ३० लाख भन्दा बढीले हेरेका थिए।

तर गीतमा गाँजा, बियरजस्ता शब्द प्रयोग भएको र तिहारको संस्कृतिलाई बिगारेर गीत बनाएको भन्दै दुर्गेशविरुद्ध काठमाडौँ जिल्ला प्रशासनमा उजुरी पर्‍यो। काठमाडौँ जिल्ला प्रशासनले दुर्गेशलाई कारबाही गर्न महाशाखालाई पत्राचार गर्‍यो।

दुर्गेश महाशाखाको नियन्त्रणमा आएको खबर बाहिरिएसँगै यसको पक्ष र विपक्ष  दुवैमा सामाजिक सन्जालहरुमा प्रतिक्रियाहरु आए। कला र संगीतमा अभिव्यक्ति स्वतन्त्रता हुने भन्दै दुर्गेश पक्राउको विरोध पनि भयो। साथै बजारमा चलेका अश्लील शब्दहरु समावेश गित र तीनका गायकहरुबारे पनि चर्चा भयो।

कला संगीतमा अभिव्यक्ति स्वतन्त्रता भए पनि त्यसमा सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गरिनुपर्छ भन्नेहरुले दुर्गेशलाई मात्र नभएर त्यस्ता गीत गाउनेहरु अन्यलाई पनि कारबाही हुनुपर्ने विचार व्यक्त गरे। प्रहरीको कानमा भिटेनको पनि नाम पुग्यो। भिटेनका गीतहरु हेर्‍यो, सुन्यो। दुर्गेश सार्वजनिक माफी मागेर छुटे‍। हिरासत बस्नु परेन। तर भिटेन, डनजसरी प्रहरीको खोजी सूचीमा परे।

दुई वर्षअघि भिटेनको सार्वजनिक भएको चुरोट बोलको गित निकै चर्चित भएको थियो, युवाहरुमाझ। उनका प्राय गितमा गाँजा, चुरोट, दारुलगायत शब्द दोहोरिरहन्छन्।

चार महिना अघि उनको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको ‘ हामी यस्तै त हो नी ब्रो, जहिल्यै यस्तै त हो नी हो’ बोलको गीत करिब दुई करोड पटक हेरिएको छ, भिटेनको युट्युब च्यानलमा मात्र। यो गीतमा पनि गाँजा, दारु, झ्यापलगायत शब्दहरु प्रयोग भएका छन्।  यहि गीतका कारण प्रहरी जसरी पनि भिटेनलाई पक्राउ गरि थुन्ने तयारीमा थियो। तर ती शब्दहरु प्रयोग गरेका कारणले मात्र होइन।

अनि के त ? 

‘कला संगित भन्दैमा  प्रहरीलाई नै सोझै  खसाल्ने, गाली गर्ने काम त गर्नु भएन नि। कानुनअनुसार कारबाही त गर्नै पर्‍यो नि’, भिटेनलाई थुनामा राख्नुपर्ने कारणबारे महाशाखाका ती अधिकारी भन्छन्।

‘यत्तिकैमा समाउन आउँछ हवल्दार। बाल छैन अहिले बाल छैन त मत झ्याप। चौकी छिरेँ, डीएसपीलाई दिएँ अटोग्राफ, त्यो देखेर डन्ठेहरुलाई आयो हर्टअट्याक’, र्‍यापको एक भागमा भनिएको छ।

गीतमा भिटेनले प्रहरीलाई पटकपटक डन्ठे भन्दै सम्बोधन गरेका छन्। ‘पुलिस चौकी भित्र गर्छु दारु हान्दै मस्ती’, र्‍यापको अर्को एक भागमा भनिएको छ।

‘हरेक व्यक्तिको सामाजिक उत्तरदायित्व हुन्छ। सिर्जना भन्दैमा जो कोही र संस्थालाई गाली र मानमर्दन गर्न पाइँदैन’, महाशाखाका एक उच्च अधिकारी भन्छन्।

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?