नयाँ स्वरुपमा महाकवि देवकोटाका प्रतिमा

‘देवकोटा हाम्रै गाउँका हुन् जस्तो लाग्छ’

‘देवकोटा हाम्रै गाउँका हुन् जस्तो लाग्छ’
+
-

झापा- चारआली केचना सडकमा पर्ने भद्रपुर नगरपालिका ९ देवकोटा चोकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमास्थलमा रंग रोगन गर्न लगाउँदै थिए देवकोटा स्मारक संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेल।

देवकोटा चोकमा रहेको उनै साहित्यकार देवकोटाको प्रतिमाको अवस्थाका बारेमा केही समय अघिसम्म कसैलाई वास्ता थिएन। तर जब उनले महाकवि देवकोटाका कृतिका बारेमा थाह पाए अनि लाग्यो देवकोटा साँच्चै ‘क्रान्तिकारी’ साहित्यकार रहेछन्।

…मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।

पोखरेलले भने, ‘महाकविले त्यो बेला लेखेको यो भनाइ अहिले पनि त्यतिकै महत्वपूर्ण छ। यो भनाइ मलाई सबैभन्दा क्रान्तिकारी लाग्छ।’

उनकै गाउँमा रहेको देवकोटाको प्रतिमा देखाउँदै आफ्नै एकजना सदस्य भएको जस्तो अनुभूति हुने उनले सुनाए।

उनले भने, ‘यहीँ छन् महाकवि। हाम्रै गाउँ मै छन्। हाम्रै गाउँका हुन् जस्तो लाग्छ।’

पूर्वी सीमा काँकरभिट्टामा रहेको देवकोटा पार्कले पनि स्वरुप फेर्दै गएको छ। केही समय अघिसम्म अव्यवस्थित रहँदै आएको उक्त पार्क अहिले सबैको आकर्षणको केन्द्र बन्न थालेको छ।

केही समय अघि उक्त पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकको टाउको फुटाएर राखिएको अवस्थामा भेटिन्थ्यो।

त्यसपछि उक्त शालिक भएको स्थानमा स्थानीयबासीले पुनः निर्माणको काम थाले। जस्को परिणाम स्वरुप अहिले त्यहाँको स्थिति परिवर्तन भएको छ।

देवकोटाको शालिकलाई पनि पुनः निर्माण गरेर पूर्ण कदको राखिएको छ। शालिक वरपरका संरचना पनि नयाँ बनाइएको छ।

उक्त पार्कको पुनः निर्माणका लागि मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण समिति बनाइएको छ।

जस्मा १७ लाख रुपैयाँ नगरपालिकाले प्रदान गरेको र ३ लाख रुपैयाँ स्थानीबासीको सहयोग रहेको पार्क निर्माण समितिका अध्यक्ष बालकृष्ण थापाले जानकारी दिए।

उनले भने, ‘पुनः निर्माणको काम करिब सकिएको छ। नगरपालिकाको सहयोगबाट यो पार्कले अब मुहार फेरेको छ।’

देवकोटाको शालिक वरपर बाल उद्यान बनाइएको छ। बालबालिकाका लागि हिँड्ने बाटो र विभिन्न खेलका बस्तुहरु पनि राखिएका छन्।

पार्कमा महाकवि देवकोटाका मात्र कृतिको पुस्तकालय र कफी हाउस बन्ने थापाले बताए।

झापाको शनिश्चरे बजारमा रहेको महाकवि देवकोटाको प्रतिमाले पनि नयाँ स्वरुप पाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?