देउसी भैलो खेल्न नपाएका १२ वर्षीय बालक

‘देउसी खेल्ने मन छ, तर निगुरो बेच्नपर्छ’

‘देउसी खेल्ने मन छ, तर निगुरो बेच्नपर्छ’
+
-

झापा – तिहारको रमझम चारैतिर छ। खासगरी बालबालिका यो बेला निकै रमाइलो मानेर तिहारको रमझममा रमाइरहेका हुन्छन्। एक हातमा दान दक्षिणा हाल्ने झोला बोकेर समूह बनाएर उनीहरु हिँडिरहेका छन्।

तर केही बालबालिकाको निकै ठूलो जिम्मेवारी छ आम्दानी गर्ने। उनीहरुलाई रमाइलो भन्दा पनि आम्दानी कसरी गर्न सकिन्छ भनेर परिल्ने गर्छ। त्यस्तै एक जना बालक हुन् अर्जुनधारा र मेचीनगर नगरपालिकाको सीमामा पर्ने कालिझोडाका बालक नरेश राई।

उनी अहिले १२ बर्षका भए। तर उनी देउसी भैलीको रमझममा रम्नु भन्दा पूर्व पश्चिम राजमार्गमा पर्ने चारआली-विर्तामोड सडक खण्डमा जंगलबाट टिपेर ल्याएको निगुरो बचिरहेका छन्।

उनी बिहानदेखि बेलुकासम्म त्यही सडक खण्डमा निगुरो बिक्री गर्न व्यस्त रहन्छन्। न उनको हातमा झिरझिरे छ न कुनै तिहारमा बालबालिका खेल्ने कुनै खेलौना।

पूर्वपश्चिम राजमार्गमा रहेको चारआली-विर्तामोड सडकखण्डमा उनी भिडियोग्याम खेल्दै छेउमै केही मुठा निगुरो लिएर बसेका भेटिए।

बालबालिकाका विभिन्न सांगीतिक समूहले देउसी खेलिरहेका बेला उनी निगुरो बेच्नै व्यस्त छन्। कतिबेला निगुरो किन्दिने मान्छे आउलान् र आफू पनि घर जाउँला भनेर बसिरहेका भेटिन्छन्।

गाई बस्तु जंगलमा चराउन ल्याउँदाको समयमा नरेश जंगलमा निगुरो खोज्छन्, टिप्छन् र यसैगरी राजमार्गमा बेच्न बस्छन्।

३ मुठा निगुरो लिए उनी ५० रुपैयाँमै दिन्छन्। उनी भन्छन्, ‘कोही दिन त दिनमा ६ मुठा बेच्दा एक सय रुपैयाँ हुन्छ।’

धेरै समय सडकमा बस्दा धेरै चिसो खानुपर्ने पीडा उनी सुनाउँछन्।

उनले यसरी निगुरो बेचेर कमाएको पैसा चकलेट खान भने पक्कै होइन। निगुरो बेचेर आएको पैसाले आफूलाई चाहिने पुस्तक, कापी, पेन्सिल आदि किन्छन्।

राजमार्गमै पर्ने घनघोर जंगलमा यसरी गाइवस्तु चराउँदै निगुरो खोज्ने उनको बानी परिसकेको छ। तिहारको माहोलमा अरुजस्तै रमाइलो गर्दै हिड्ने रहर उनीमा नभएको पक्कै होइन।

उनी भन्छन्, ‘मेरो त कामै यही हो। यहाँ आउँदा गाईबस्तु पनि अगाउँछन्, मैले पनि अलिकति पैसा कमाउँछु, ६ मुठै निगुरो बेच्न पाउँदा त १०० रुपैयाँनै आउँछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?