सुरु भयो सातै प्रदेशमा सात कलाकारको दौडाहा

सुरु भयो सातै प्रदेशमा सात कलाकारको दौडाहा
+
-

झापा – सप्तरंग २ मार्फत सातै प्रदेशमा सात कलाकारको संगीत यात्रा झापाको विर्तामोडबाट सुरु भएको छ।

बुधबार झापाको विर्तामोडबाट संप्तरंग २ सुरु भएको हो। अबेर रातिसम्म भएको कार्यक्रममा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

सात कलाकारमा महानायक राजेश हमाल, हाँस्य कलाकार जितु नेपाल, गायकहरु सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपूत, रवि ओड तथा गायिका मेलिना राई रहेका छन्।

कार्यक्रमको सुरुवात प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए। उनले प्रदेशहरुको पर्यटन प्रवर्द्धनका लागि भनेर आयोजना गरिएको कार्यक्रम भन्दै आयोजक ग्रीस्म ब्रोडकास्टिङ प्रालिलाई धन्यवाद दिए।

मुख्यमन्त्री राईले भने, ‘यो कार्यक्रमले संघीयताको मूल भावनालाई बलियो बनाउने छ।’

ग्रीस्म ब्रोडकास्टिङका प्रवन्ध निर्देशक ग्रिहेन्द्र घिमिरेले उक्त संगीत यात्राको आयोजना पर्यटन प्रवर्द्धन र समुन्नतिका लागि गरिएको बताए।

प्रदेश नं २ को वीरगन्ज, प्रदेश नं ३ को चितवन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को नेपालगञ्ज, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को महेन्द्रनगरमा हुने उनले जानकारी दिए।

उनले भने, ‘देश संघीय संरचनामा गएपछि स्थापित प्रदेशहरुलाई दह्रो बनाउने यो कार्यक्रमको मुख्य उद्धेश्य हो।’

संगीत यात्राको समापन पोखरामा मंसीर ४ हुने घिमिरेले बताए। सबै कार्यक्रमहरु सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरुले उद्घाटन गर्ने उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?