भर

भर
+
-

कुनै एउटा कुरामा
अरुको भर पर्नु पर्ने भयो भने
यही एउटा शब्दले
अभर बनाउनेछ
तपाईँलाई

भर पर्दा आउनै लागेको
वसन्त छुट्न सक्छ
मीठो सपना
टुट्न सक्छ
भर पर्नाले डुब्छ
स्वाभिमानको जहाज
समीप आएको खुसीरुपी
चंगा
क्षितिजतिरै हुन जान्छ विलय

मीठो लाग्ने सम्बन्ध
बन्न जान्छ दाँतमा लागेको ढुङ्गा
अनि
सुरु हुनेछ नौटंकी
बन्नु हुनेछ तपाईँ हेर्दाहेर्दै
थरि थरिका पात्रमा
रुपान्तरण

जसरी तर्किन्छन्
कालो बिरालोले काटेको
बाटोबाट मानिसहरु
हो त्यसै गरी तर्किनेछन्
तपाईँसँग

जसरी तर्सिन्छन्
सिंहसँग
तपाईँ बन्नु हुनेछ
सिंहभन्दा पनि भयङ्गर
सायद भाग्छ सुटुक्क
समय पनि तपाईँबाट

किनकि
तपाईँ सबैका नजरमा
बन्नु हुनेछ
निकम्मा।

 

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?