१३औँ साग : कुन खेलमा कति पदक, कुन देश बलियो ?

१३औँ साग : कुन खेलमा कति पदक, कुन देश बलियो ?
+
-

काठमाडौँ – दक्षिण एसियाली खेलकुद-सागको १३औँ स‌ंस्करण सुरु हुन अब ११ दिन मात्र बाँकी छ। नेपालमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी धमाधम भइरहेको छ।

भौतिक पूर्वाधारका काम अझै सकिएका छैनन्। प्रतियोगिताको उद्घाटन हुने दशरथ रंगशाला धमाधम तयार गरिँदैछ। आयोजकका रुपमा नेपाल बलियो दाबेदारी प्रस्तुत गर्ने प्रयासमा छ।

प्रतियोगितामा २७ खेलमा ३ सय २४ स्वर्ण, त्यति नै रजत र चार सय ८७ कास्य पदकका लागि प्रतिस्पर्धा हुँदै छ। पौडी र एथलेटिक्समा सबैभन्दा बढी स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

पौडीका ३८ स्पर्धामा ३८ स्वर्ण, ३८ रजत र ३८ कास्यका लागि प्रतिस्पर्धा हुने छ। यसैगरी एथलेटिक्समा ३६ स्पर्धामा ३६ स्वर्ण, ३६ रजत र ३६ कास्यका लागि प्रतिस्पर्धा हुने छ।

तेक्वान्दोका २९ स्पर्धामा २९ स्वर्ण, २९ रजत र ५८ कास्यका लागि प्रतिस्पर्धा हुनेछ। तेक्वान्दोसहित मार्सल आर्ट्सका कराँते, जुडो, कुस्ती,  बक्सिङ, उसुमा सेमिफाइनलबाट बाहिरिने दुवैलाई कास्य दिने गरिन्छ। ब्याडमिन्टन, फेन्सिङ, साइक्लिङ, कबड्डी, खो-खो, स्क्वास, टेबल टेनिस र  लन टेनिसमा पनि सेमिफाइनलबाट बाहिरिने दुवैले कास्य पदक पाउने गर्छन्।

यस्तै उसुमा २२ स्वर्ण, २२ रजत र ३८ कास्यका लागि प्रतिस्पर्धा हुने छ। भारत्तोलन र कुस्ती दुवैमा समान २० स्वर्ण र २० रजतका लागि प्रतिस्पर्धा हुनेछ भने सुटिङका पनि विभिन्न २० स्पर्धामा २० स्वर्ण, २० रजत र २० कास्यका लागि प्रतिस्पर्धा हुनेछ।

कराँतेका विभिन्न १९ स्पर्धामा १९ स्वर्ण, १९ रजत र ३८ कास्यका लागि प्रतिस्पर्धा हुनेछ। बक्सिङमा १६ स्वर्ण, १६ रजत र ३२ कास्यका लागि प्रतिस्पर्धा हुनेछ। जुडोमा स्वर्ण, १५ रजत र ३० कास्यका लागि प्रतिस्पर्धा हुनेछ।

फेन्सिङमा १२, आर्चरीमा १०, क्रिकेटमा २,बास्केटबलमा ४, साइक्लिङमा ८, फुटबलमा २, गल्फमा ४, ह्यान्डबलमा २, कबड्डीमा २, खो खोमा २, पाराग्लाईडिङमा ८, स्क्वासमा ४, टेबल टेनिसमा ७, लन टेनिसमा ६, ट्रायथलनमा ५, भलिबलमा २ र  बिच भलिबलमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा नेपाल सबै खेलमा सहभागी हुँदैछ। एउटा स्पर्धा हुन कम्तिमा चार देशको सहभागिता चाहिन्छ। प्रतियोगितमा दक्षिण एसियाका ७ राष्ट्र खेल्दैछन्। बुधबारसम्म सहभागी देशले सहभागी हुने खेल र खेलाडीको नामावली बुझाइसक्नुपर्ने समय सिमा छ। कम्तिमा ४ देश सहभागी नभएमा स्वर्ण पदकको संख्या थपघट हुन सक्ने छ।

दक्षिण एसियाली खेलकुदको पछिल्लो अर्थात  १२औँ संस्करण पनि नेपालका स्मरणीय रहन सकेको थिएन। सन् २०१६ मा भारतमा आयोजित प्रतियोगितामा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य जितेको थियो। स्वर्ण जिताएका खेल थिए- पुरुष फुटबल, महिला जुडो र महिला उसु। बीचमा शसक्त देखिएको तेक्वान्दोले स्वर्ण  पदक दिलाउन सकेन।  तेक्वान्दोमा सात, उसुमा १०, जुडोमा २ तथा महिला फुटबल, पौडी, ट्रायथलन र भारत्तोलनमा एक एक वटा रजत पदक प्राप्त भएको थियो। कराँते भने यसपटक समावेश भएको थिएन।

नेपालले सागमा हालसम्म एथलेटिक्स, बक्सिङ, कराँते, भारत्तोलन, फुटबल, पौडी, टेबल टेनिस, कुस्ती, सुटिङ, जुडो, उसु, ब्याडमिन्टन, स्क्वास, भलिबल, कबड्डी, आर्चरी, ट्रायथलन , खो खो र  हक्कीमा पदक जितेको छ।

ब्याडमिन्टन, भलिबल, स्क्वास, ट्रायथलन, खो-खो, हक्की, कबड्डी र आर्चरीमा स्वर्ण पदक जित्न सकेको छैन। यीमध्य पनि भलिबल, स्क्वास, ब्याडमिन्टन, खो खो, ट्रायथलन, हक्कीलगायत खेलमा कास्यभन्दा माथि पुग्न सकेको छैन।

१२ औँ सागमा पदक जितेपछि पौडीबाज गौरिका सिंह। फाइल तस्विर

पछिल्लो साग र एसियन गेम्स


सागको पछिल्लो संस्करणमा नेपाल सहभागी ८ देशमा छैटौँ स्थानमा रहेको थियो। अफगानिस्तान यसपटक सहभागी छैन। अघिल्लो संस्करणमा २२ खेलमा कुल २ सय ३९ स्वर्णका लागि प्रतिस्पर्धा भएकामा भारतले एक सय ८८, श्रीलंकाले २५, पाकिस्तानले १२ र अफगानिस्तानले ७ स्वर्ण जितेको थियो।

भारतले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, खो खो, कबड्डी, ह्यान्डबल, भलिबल, ट्रायथलन, लन टेनिस र टेबल टेनिसका सबै स्वर्ण जितेको थियो।

एथलेटिक्सका ३७ स्पर्धामध्ये भारतले २८ र श्रीलंकाले ९ स्वर्ण जितेका थिए। साइक्लिङका ८ स्वर्णमध्ये भारतले ६ र श्रीलंकाले २ वटा स्वर्ण जितेका थिए। सुटिङका २६ मध्ये २५ स्वर्ण भारतले जितेको थियो भने बाँकी एउटा बंगलादेशको नाममा रहेको थियो।

जुडोका १२ स्वर्णमध्ये ९ भारतले, २ पाकिस्तानले र एउटा नेपालले जितेको थियो। उसुका ९ स्वर्णमध्ये भारतले ६, नेपालले २ र श्रीलंकाले एउटा जितेको थियो। कुस्तीका १६ स्वर्णमध्ये भारतले १४ र पाकिस्तानले २ वटा जितेका थिए।

भारत्तोलनका १५ स्वर्णमध्ये भारतले १२ तथा बंगलादेश, पाकिस्तान र श्रीलंकाले एक एक वटा जितेका थिए। तेक्वान्दोका १३ स्वर्णमध्ये भारतले ६, अफगानिस्तानले ५ र पाकिस्तानले दुई वटा जितेका थिए। पौडीका ३८ स्वर्णमध्ये भारतले २३, श्रीलंकाले १२ , बंगलादेशले २ र पाकिस्तानले एउटा जितेका थिए। स्क्वासका ४ स्वर्णमध्ये भारतले ३ र पाकिस्तानले एउटा जितेको थियो।

सन् २०१८ मा इन्डोनेसियामा आयोजित एसियन गेम्समा भारतले १६ स्वर्ण, २३ रजत र ३१ कास्य जितेर समग्रमा आठौँ स्थानमा रहेको थियो। दक्षिण एसियाली राष्ट्रमध्ये नेपालले एउटा रजत तथा पाकिस्तानले ४ वटा कास्य जितेको थियो।

श्रीलंका, मालदिभ्स, भुटान र बंगलादेश पदकबिहिन बनेका थिए। प्रतियोगितामा ४० खेलका विभिन्न चार सय ६५ स्पर्धामा स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका पदक: यस्तो  छ खेलहरुको हालत

अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका पदक: यस्तो छ खेलहरुको हालत

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?