फोटो फिचर

पर्यटकको रोजाइमा झापाको अर्जुनधारा धाम‍‍‍‌‌

पर्यटकको रोजाइमा झापाको अर्जुनधारा धाम‍‍‍‌‌
+
-

झापा– झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको अर्जुनधारा जलेश्वर धाम धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ। अर्जुनधारा जलेश्वर धाम देश तथा विदेशका हिन्दु धर्मावलम्बीहरुको रोजाईको तीर्थस्थल बन्दै गएको छ।

सरकारले सूचीकृत गरेका एक सय पर्यटकीय गन्तव्य मध्येको एक यो धाम पनि पर्छ। महाभारतकालीन इतिहाससँग जोडिएको अर्जुनधारा धामले पूर्वको धार्मिक पर्यटनमा ठूलो टेवा पुर्याउँदै आएको छ।

महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवास र एक वर्ष गुप्तवास भएका बेलामा राजा विराटका हजारौं गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटीमा पुर्‍याएका र त्यो बेला अर्जुनले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको धार्मिक विश्वास छ।

पाँच विघा क्षेत्रफलमा रहेको धाम परिसरमा नेपाली वास्तुकलायुक्त भएको प्यागोडाशैलीको शिवको मूल मन्दिर, अर्जुनवाण गङ्गा पोखरी, पञ्चधारा, सूर्य कुण्ड, यज्ञशाला, गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, हनुमान मन्दिर, कालीनाग मन्दिर, शनि मन्दिर, मोक्षेश्वर शिवलिङ्ग, धान्याञ्चल, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय, अर्जुनधारा संस्कृत वेद विद्यापीठ, पुष्पलाल स्मृति सन्त निवास, शिवकुटी विश्रामालय, श्रवण हल, धर्मशाला, किरियाशाला, छात्रावास, पुस्तकालय, गौशालालगायत छन्।

गत मंसिर २ गतेदेखि उक्त धाममा ३७औं वार्षिक कार्यक्रम चलिरहेको छ। कार्यक्रममा वामन पुराण कथा वाचन भइरहेको छ। वार्षिक कार्यक्रममा विविध सेवाका कार्यक्रमहरु पनि गरिराखिएको छ।

आँखा जाँच शिविर तथा कृत्रिम मानव अंग वितरण वार्षिकोत्सवका विशेष आकर्षण हुन्। उक्त कार्यक्रम मंसिर ९ गते बालाचतुर्दशीका दिन समापन हुनेछ धामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?