सागमा स्वर्ण विजेता नेपालकी निमाले प्रतिद्वन्द्वी पाइनन्!

सागमा स्वर्ण विजेता नेपालकी निमाले प्रतिद्वन्द्वी पाइनन्!
+
-

काठमाडौँ – आसन्न १३ औँ दक्षिण एसियाली खेलकुद-सागको उसुतर्फ नेपालले कम्तीमा एक स्वर्ण जित्ने सम्भावना बलियो देखिएको छ। महिला ताउलोमा साविक विजेतासमेत रहेकी नेपाली खेलाडी निमा घर्तीमगर र बंगलादेशी खेलाडी मात्र सहभागी भएपछि नेपालको स्वर्ण जित्ने सम्भावना बलियो बनेको हो।

यो स्पर्धामा नेपालले दुई जना घरेलु खेलाडीलाई थप्दै प्रतिस्पर्धा गर्दै छ। नेपाली राष्ट्रिय टोली तयारी समितिका संयोजक रीम रानाभाटले खेलाडी नपुगेपछि दुई जना नेपाली खेलाडी थपिएको पुष्टि गरे। यो स्पर्धामा नेपाललाई कम्तीमा दुईवटा पदक निश्चित छ।

एकल स्पर्धा हुने खेलमा कम्तीमा तीन देश सहभागी हुनुपर्ने र टिम स्पर्धामात्र हुने खेलमा कम्तीमा चार देशले सहभागीता जनाउनुपर्ने प्रावधान छ। एकल स्पर्धा हुने खेलमा कम्तीमा तीन देश सहभागी हुनुपर्ने भएपनि त्यस्ता खेलको  महिलाको एकल स्पर्धामा दुई देशमात्र सहभागी भएपनि खेल सन्चालन हुने दक्षिण एसियाली ओलम्पिक काउन्सिलले निर्णय गरेकाले दुई जना नेपाली खेलाडी थपिएको रानाभाटले बताए।

 

‘तेस्रो स्थानसम्मका खेलाडीले पदक पाउने भएकाले देश दुईवटा मात्र सहभागी भएपनि प्रतिस्पर्धीको संख्या चार पुर्‍‍याइएको हो’, रानाभाटले भने। उसुको महिला ताउलोतर्फ १२ औँ सागमा भारतले रजत र पाकिस्तानले कास्य पदक जितेको थियो। तर यसपटक दुवै देशबाट यस स्पर्धामा खेलाडी सहभागी भएनन्।

१२ औँ सागमा नेपालले उसु, फुटबल र जुडोमा एक एक गरि तीन स्वर्ण पदक जितेको थियो। यसैगरि उसुमा ६ रजत पदक पनि हात पारेको थियो। १३ औँ साग डीसेम्बर १ तारिखदेखि नेपालमा सुरु हुँदै छ। प्रतियोगिता डीसेम्बर १० तारिखसम्म सन्चालन हुने छ। प्रतियोगितामा सहभागी हुने खेल र खेलाडीको नाम पठाउन सम्बन्धित देशलाई गत डिसेम्बर २० तारिखसम्मको समयसिमा दिइएको थियो।

दक्षिण एसियाली खेलकुदमा दक्षिण एसियाका भारत, नेपाल, बंगलादेश, पाकिस्तान, भुटान, मालदिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्दछ। गत संस्करणमा अफगानिस्तान पनि सहभागी भएको थियो। तर त्यसपछि अफगानिस्तान दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सदस्यबाट बाहिरिएको थियो।

यसपटक उसुमा २२ स्वर्ण, २२ रजत र ३८ कास्यका लागि प्रतिस्पर्धा हुने छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?