
दशरथ रंगशालामा १३औँ दक्षिण एसियाली खेलकुद-सागको औपचारिक उद्घाटन समारोह सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सन्जालमा लेखेका छन्- १३ औं ‘साग’को भव्य उद्घाटन: हामीले दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेस्सरी ‘मिस’ गर्यौँ। तर उहाँले समारोह मिस गर्नु भएन। अस्पतालको बेड’बाटै प्रत्यक्ष प्रशारण पुरै हेर्नु भयो। वाइफाइ व्यबस्थापनको लागि अस्पताल- प्रशासनलाई धेरै धेरै धन्यवाद!
१३ औं ‘साग’को भव्य उद्घाटन:
हामीले दशरथ रंगशालामा प्रधानमन्त्री @kpsharmaoli लाई बेस्सरी ‘मिस’ गर्यौँ। तर उहांले समारोह मिस गर्नु भएन। अस्पतालको बेड’बाटै प्रत्यक्ष प्रशारण पुरै हेर्नु भयो।
वाइफाइ व्यबस्थापनको लागि अस्पताल- प्रशासनलाई धेरै धेरै धन्यवाद! pic.twitter.com/3YNTQ0LbPB— Bishnu Rimal (@BishnuRimal) December 1, 2019
त्यही सेरोफेरोमा पर्यटनमन्त्री योगेश भट्टराईले पनि सामाजिक सञ्जालमा लेखे, ‘सागको उदघाटन् समारोहको भब्यताले नेपालले आफ्नो आत्मबिश्वासलाई अन्तरास्ट्रिय मंचमा उजागर गरेको छ । बधाई खेलकुद मन्त्रालय, खेलकुद परिषद, ओलम्पीक कमिटी, नेपाली सेना, नेपाल प्रहरी, शशास्त्र प्रहरी लगायत सबैमा ।’
नेपाली कांग्रेसका युवा नेता गगन थापाले पनि प्रतियोगिताको उद्घाटन समारोहको खुलेर प्रसंशा गरेका छन्, ‘यति ठूलो प्रतियोगिताको सफलतापूर्वक आयोजना गरेको देख्दा समान्नित महसुस भएको छ। एडभेन्चरहरुको देशमा सबै खेलाडि र प्रतिनिधिहरुलाई नेपाल हार्दिकतापुर्वक स्वागत गर्दछ। प्रतियोगिताले नेपालमा खेल पर्यटनको सम्भावना झल्काउन सकोस्। सागमा सहभागी हुने सबै नेपाली खेलाडीलाई हार्दिक शुभकामना।’
What an honour to see Nepal pulling in a mega event so successfully!
Nepal heartily welcomes all the players and delegates to the country of adventures.May this event remind all of us the potential we have for sports tourism in Nepal.
All the best to the Nepali athletes for SAG— Gagan Thapa (@thapagk) December 1, 2019
करिब तीन घन्टा चलेको उद्घाटन समारोहमा पूरा समय बसिन् राष्ट्रपति विद्यादेवी भन्डारीले। दक्षिण एसियालीस्तरको सबैभन्दा ठूलो खेलकुद महोत्सवको उद्घाटन समरोहलाई स्तरीय बनाउन नेपालले कुनै कसर बाँकी राखेनन्।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्-राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सगरमाथा र बुद्धको देशमा स्वागत रहेको भन्दै प्रतियोगिता दक्षिण एसियाका युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने गतिलो मन्च भएको उल्लेख गरे। सदस्यसचिव सिलवालले प्रतियोगिताको आयोजनाले नेपाल ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको बताए।
थ्रीडी लाइटबाट प्रतियोगितामा खेलिने खेलहरुको उत्कृष्ट प्रस्तुति देखाइएको थियो। शसस्त्र प्रहरी, नेपाल प्रहरी र आर्मीको ब्यान्डले राष्ट्रिय मैदानमा नेपालको झण्डाको आकृति बनाएर नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका झाँकी/सांस्कृतिक प्रस्तुतिहरु देखाएका थिए।
शसस्त्र प्रहरी बल-एपिएफको टोलीले प्रस्तुतिमार्फत मैदानमा सातवटै देशको नाम मात्र लेखाए, ती देशका सांगीतिक प्रस्तुति पनि देखाइएको थियो। आफ्नो प्रस्तुतिको अन्त्यमा उनीहरुले मैदानको एकातिर पशुपतिनाथ र अर्कोतर्फ स्वयम्भुनाथको आकृति पनि बनाएका थिए। नेपालका सबै प्रकारका पहिचानलाई प्रस्तुत गरिएन, दक्षिण एसियाका अन्य देशप्रति नेपालको सद्भाव पनि देखाएको थियो।
राखेप सदस्यसचिव सिलवालले भने- यहाँ खेल्न आउने खेलाडीहरु आ-आफ्नो देशका सद्भावना दूत हुन्। उनिहरुले सफलता हात पार्न सकुन्, शुभकामना छ।ओलम्पियनहरु जितबहादुर केसी, बैकुण्ठ मानन्धर, संगिना वैद्य, राजेन्द्र भण्डारीले ओलम्पिक टर्चलाई दशरथ रंगशालामा परिक्रमा गराउँदै अन्त्यमा साग खेलकुदमा नेपालका कीर्तिमानी खेलाडी दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गरेका थिए।
त्यसअघि सातवटै देशका खेलाडी, अफिसियलले मार्चपास गरेका थिए। उनीहरुलाई नेपालका सांस्कृतिक पहिचान लाखे र पन्चकुमारीले अग्रस्थानमा रहेर साथ दिएका थिए। प्रतियोगितामा सहभागी हुने खेलाडीको तर्फबाट नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले सपथ लिएका थिए।
राष्ट्रपती विद्यादेवी भण्डारीले १३ औँ सागको उद्घाटन गरेको छु भनेर घोषणा गर्ने वित्तिकै रंगशालामाथीको आकाशमा आतसबाजी भएको थियो। लगातारको आतासबाजीले रंगशालाबाहिर मानिसहरुको बाक्लो भिड थियो। रंगशालाबाहिर ठुला प्रोजेक्टरमार्फत भित्रका दृश्यहरु देखाइन व्यवस्था गरेका कारण रंगशाला भित्र मात्र होइन, बाहिर पनि खेल महोत्सवको माहोल बनेको थियो।
डीसेम्बर १० तारिखसम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न २८ खेलमा तीन सय १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। प्रतियोगिताका खेलहरु काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा सञ्चालन हुनेछन्।
यसअघि नेपालले पहिलो साग (तत्कालिन साफ गेम्स) र आठौँ साफ गेम्स आयोजना गरेको थियो। २०७२ सालको प्रलयकारी महाभुकम्पले थलिएको दशरथ रंगशालालाई मर्मत गर्न लामो समयसम्म वेवास्था भएपनि १३ औँ सागको पूर्वसन्ध्यामा यस रंगशालालाई रातारात तयार गरिएको थियो। १३ औँ सागको भव्य उद्घाटन गर्दै नेपालले कम्तिमा ठूला प्रतियोगिताको उद्घाटन समरोहलाई भव्य बनाउन आफू सक्षम रहेको देखाएको छ।