हृदय जलेको त्यो दिन- २

त्यो घटना जसले सीमालाई अलिकति भाँच्यो अनि धेरै जोड्यो

+
-

संगिता मगरसँगै पाँच बर्षअगाडि बसन्तपुरको एक ट्युसन सेन्टरमा एसिड आक्रमणमा परेकी थिइन्, सिमा बस्नेत। संगितालाई लक्षित गरी छ्यापिएको एसिडका छिट्टाले सिमाको मुहारलाई भेटेका थिए।

एसएलसीको तयारी गरिरहेकी सीमा पनि संगिता सँगै घाइते भइन्। केही समयको उपचार पछि उनी निको भइन्। बिस्तरै सिमाका घाउ सुक्दै गए। तर एसिडका छिट्टाले जलेको उनको अनुहार पहिलाको जस्तै हुन सकेन।

एसिडको पोलाइभन्दा पनि मनको पोलाइले उनलाई सम्हालिन गाह्रो भयो। मानसिक रुपमा कमजोर बन्दै गइन्।

एसिडले जलेको कुरुप अनुहार लिएर कसरी बाँच्न सकिएला भन्ने कुराले उनको मनले ढ्याङ्ग्रो ठोकिरहन्थ्यो। आफूभित्र नकारात्मक सोच आइरहँदा उनले अन्य अपाङ्गता भएका व्यक्तिलाई नियाल्न थालिन्। यसो गरिरहँदा उनलाई ‘मलाई के नै भएको छ र, हात, खुट्टा, आँखा नभएर त मानिसले जीवन यापन गरिरहेका छन्’ भन्ने कुराले केही हिम्मत दिन्थ्यो।

बिस्तारैे आफूलाई सम्हाल्दै गइन्।

सिमाले आफ्नो मनलाई दह्रो बनाउन लामो समय लागे पनि कमजोर भएको मनलाई बलियो बनाएरै छोडिन्।

समाजमा खुलेर हिँड्न सिकेकी छिन्। जसको श्रेय उनी आफ्नो परिवारलाई दिने गछिन्। जसले उलाई फेरी बाँच्न सिकायो। हिँड्न सिकायो।

जीवनको वास्तविक अर्थ सिकायो। उनको प्रेरणाको स्रोत बन्यो। सधैँ हौसला प्रदान गरिरह्यो। सिमा परिवारको सबै भन्दा प्रिय व्यक्ति हुन् भन्ने कुरा सधै बोध गराइरह्यो।

परिस्थितिअनुसार मानिस परिपक्व हुँदै अगाडि बढ्छ भन्ने सिमालाई लाग्छ। उनलाई पनि त्यही परिस्थितिले परिपक्व बनायो।

सबै कुरालाई सम्हाल्न सक्ने बनायो। आँटिलो बनायो। हिम्मतिलो बनायो।

तर त्यो दिन उनले अझै पनि भुल्न सकेकी छैनन्। उस्तै ताजै छ, त्यो घटना उनको मानसपटलमा। त्यही घटनाले अहिले पनि चसक्क घोच्ने गर्छ, सिमालाई।
पुराना सबै कुरा भुलेर उनी आगाडि बढ्ने प्रण गरेकी छिन्।  जसका कारण उन आफूजस्तै एसिड आक्रमणका पीडितका लागि विभिन्न अभियानमा सहभागी भइरहेकी छिन्। कोही पनि पीडित दुनियाँको नजरमा कठैको पात्र भएर बस्न नहुने उनी बताउँछिन्।

घटनापछि उनले जीवनमा धेरै उतारचढाव भोग्नु पर्‍यो। तिनै उतारचढावले उनलाई अझै मजबुत बनाएको छ।

‘एज अ सर्भाइभर’ उनलाई सार्वजनिक स्थलहरुमा असहज महसुस भएको छ। धेरै पटक मानिसहरु उनलाई ट्वाल्ल परेर हेर्ने गर्छन्। बाटोमा हिँड्दा कतिले फर्किफर्की हेर्ने गरेको अनुभव उनले सुनाइन्।

मानिसहरुको यस्तो असहज व्यवहारले उनलाई सुरु–सुरुमा गाह्रो भयो। तर अहिले उनी यस्तो कुरामा अल्झेर बस्न मन लाग्दैन। जसले जे गरे पनि वास्तै नगरी हिँड्छिन्। कसैले उनीप्रति गरेको नराम्रो व्यवहारले उनलाई फरक पर्दैन।

किनकि उनी आफ्नो सुन्दर भविष्यको लागि लागि परेकी छिन्।

भिडियो हेर्नुहोस्:

(यो शृंखलाको भिडियो तथा तस्बिर देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेकी हुन् ।)

यो पनि पढ्नुहोस्

एसिड आक्रमणको पाँच वर्षपछि‍‍‍‍…

एसिड आक्रमणको पाँच वर्षपछि‍‍‍‍…

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?