बिर्तामोडमा नेवाः फुड फेस्टिवल (फाेटाे फिचर)

बिर्तामोडमा नेवाः फुड फेस्टिवल (फाेटाे फिचर)
+
-

झापा– नेवाः पासा मुना पुचः विर्तामोडमा आवद्ध नेवार समुदायका मानिसहरुले शनिवार बिर्तामोड झापाको मुक्ति चोक नजिक आफ्ना सांस्कृतिक खानेकुराको चिनारी गराउन भन्दै सडक नजिकै खानेकुरा पकाए।

सर्वसुलभ दर रेटमा नेवारी खानेकुराका परिकार बनाएर उनीहरुले अरुलाई पनि खुवाए।

पूर्वी तराईका आदिवासी सन्थाल, राजवंशी तथा अन्य मिश्रित समुदायका मानिसहरुको बसोबास रहेको झापामा नेवार समुदायले परम्परागत खानेकुराको उत्सव गरेको यो दोस्रो बर्ष हो।

यःमरी पुन्हीको अवसरमा झापाको बिर्तामोडमा शनिबार नेवाः फुड फेस्टिवल आयोजना गरिएको हो। फेस्टिवलमा नेवारी खानाका परिकारहरु ५० र एकसयमा उपलब्ध गराइएको फेस्टिवलका संयोजक हिमाल श्रेष्ठले बताए।

पूर्वी तराईमा चामलको पिठोलाई बफ्याएर बनाइएको ‘भक्का’को बानी परेका झापालीहरुले शनिवार यःमरीको पनि स्वाद लिन पाए।

फेस्टिवलमा प्लेन बारा, मिक्स चटामरी, बफ मःम, बफ छोयला, ननभेज नेवारी खाजासेट, भेज नेवारी खाजा सेट र चिकेन मःमः पनि बनाएर बिक्री गरिएको थियो।

फेस्टिवलबाट बिर्तामोड–४ मा निर्माणधिन नेवाछे भवनलाई आर्थिक सहयोग गर्ने नेवाः पासा मुना पुचः विर्तामोडकी अध्यक्ष ईश्वरा श्रेष्ठले बताइन्।

फेस्टिवलको उद्घाटन विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?