दृष्टिविहीन ८५ वर्षीय वृद्धको आँखा दान गर्ने इच्छा

पैसा दिँदै मेची आँखा अस्पताललाई भने,’यो पैसाले दुःखीको आँखा जाँच गरिदिनू’

पैसा दिँदै मेची आँखा अस्पताललाई भने,’यो पैसाले दुःखीको आँखा जाँच गरिदिनू’
+
-

झापा-सोमबार मेची आँखा अस्पतालको सभाहलमा भइरहेको एउटा कार्यक्रममा हाल झापाको विर्तामोड नगरपालिका वार्ड नं ५ बस्दै गरेका साखेजुङ इलामका ८५ बर्षिया वृद्ध नन्दिकेशर ढकालले ५१ हजार एक सय पाँच रुपैयाँ अस्पताललाई दिँदै भने, ‘कुनै दुःखी आए भने यो पैसाले उनीहरुको आँखाको उपचार गरिदिनु।’

बृद्ध ढकाल २०५२ सालदेखि आँखा देख्दैनन्। चुनामा पानी हाल्दा पड्केर आँखामा पसेकाले उनको आँखाको ज्योति बिस्तारै गुम्न थाल्यो। उनले दुई पटक आँखाको नानी प्रत्यारोपण गराए तर सफल भएन।

ढकाल अहिले दृष्टिविहीन छन्। उनले मेची आँखा अस्पतालका पूर्व अध्यक्ष दिनेश मित्तललाई पैसा जिम्मा लाउँदै भने, ‘मेरा आँखा भए मेरो मृत्युपछि कसैले देखोस् भनेर दान गर्ने थिएँ। मलाई थाह छ, आँखा हुँदा कस्तो हुन्छ नहुँदा कस्तो।’

सोमबार मेची आँखा अस्पतालले आँखा दान सम्बन्धि एउटा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। झापाका १५ वटै स्थानीय तहका शिक्षा तथा स्वास्थ्य शाखा प्रमुखहरुलाई बोलाएर अस्पतालले आँखा दानका विषयमा जानकारी दिएको थियो।

आँखानको नानी दान मृत्युपछि गरिने दान हो। तर त्यस्का लागि दाताले पहिला नै इच्छा पत्रमा हस्ताक्षर गर्नुपर्छ। दाताको मृत्युपछि ४ देखि ६ घन्टाभित्रमा मृतकको आँखाबाट नानी निकाल्नु पर्छ र नेपालको एकमात्र आँखा ब्यांक तिलगंगा आँखा अस्पताल पठाउनु पर्छ। जुन प्रक्रिया निकै जटिल रहेको तिलगंगा आँखा अस्पतालको आँखा ब्यांकमा कार्यरत प्राविधिक इजन राजभण्डारीले बताए।

उनले भने, ‘यो सबै सेवा निशूल्क हो। तर यस्को प्राविधिक पक्ष निकै महंगो छ।’ मेची आँखा अस्पताल लगायत देशभर १० वटा आँखाको नानी संकलनबाट संकलन गरिएको आँखाको नानी चाँडो भन्दा चाँडो काठमाडौं पठाउनु पर्ने प्राविधिकहरु बताउँछन्।

मेची आँखा अस्पतालको आँखाको नानी संकलन केन्द्रका प्राविधिक पुष्प अधिकारीले भने, ‘संकलन गरिएका सबै आँखाका नानी प्रत्यारोपणका लागि योग्य हुँदैनन्। त्यस्को जाँचका लागि चाँडो काठमाडौं पुर्याइएन भने संकलन गरिएको आँखाको नानी काम नलाग्ने हुनसक्छ।’

नेपालमा एक बर्षमा एक हजारको हाराहारीमा मात्र आँखाको नानी संकलन हुने गरेको छ। तर आवश्यक्ता भने ६ हजार भन्दा माथि रहेको मेची आँखा अस्पतालका निर्देशक डा. पुरुषोत्तम जोशी बताउँछन्। त्यस्का लागि आँखा दाननै एक मात्र माध्यम रहेको उनले बताए।

खासगरि विद्यालय तहमा अध्ययनरत छात्र छात्रामा आँखा दानका विषयमा चेतना फैलाउन सहयोग गरिदिन स्थानीय तहलाई आग्रह गर्दै स्थानीय तहका शिक्षा तथा स्वास्थ्य शाखाका प्रमुखहरुलाई कार्यक्रममा बोलाइएको मेची आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले बताए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. जोशीले स्थानीय तहका शिक्षा तथा स्वास्थ्य शाखाका प्रमुखहरुले आग्रह गर्दै भने, ‘सर्वसाधारणले देख्ने गरि आँखा दान महादान लेखेर व्यानर राखिदिनु होला। जस्ले गर्दा आँखा दानको महत्वका बारेमा उनीहरुमा चेतना आओस्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?