मोबाइलबाट दीप प्रज्वलन, प्रेसिडेन्सियल कलेजमा आइसीटी स्टार्टअप एण्ड इन्‍नोभेसन मेला

मोबाइलबाट दीप प्रज्वलन, प्रेसिडेन्सियल कलेजमा आइसीटी स्टार्टअप एण्ड इन्‍नोभेसन मेला
+
-

काठमाडौँ- सूचना प्रविधिको क्षेत्रमा नयाँ नयाँ खोज र अनुसन्धान गर्न चाहने युवा उद्यमीहरुलाई लक्षित गरेर दुई दिने आइसीटी स्टार्टअप एण्ड इन्‍नोभेसन मेला सुरु भएको छ।

शुक्रबार काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्ट कलेजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका सूचना तथा सञ्‍चार मन्त्रालयका सचिव दीपक सुवेदीले मोबाइलबाट दीप प्रज्जलवन गरेपछि स्टार्टअप एण्ड इन्‍नोभेसन मेलाको सुरुवात भएको हो।

कार्यक्रममा उद्योग वाणिज्‍य महासंघका सूचना प्रविधि संयोजक एव् इन्जिनियर विनोद ढकालले सुचना प्रविधको क्षेत्रमा अब क्‍यान महासघले देखेको सपना पूरा भएको बताए।

लिभिङ विथ आइसिटीले विभिन्न प्रदेशमा आयोजना भएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला काठमाण्डौमा ५० बढी स्टार्टअप कम्पनीहरुको सहभागिता रहको छ।

यस अघि बिराटनगर, बुटवल र नारायणगढमा मेलाको आयोजना भइसकेको छ। आइटी तथा इन्नोभेसनमा केन्द्रित नयाँ कम्पनीहरुले सहभागिता जनाउने यस कार्यक्रममा दोश्रो दिन स्टार्टअप र उद्यमशिलताको बारेमा कन्फ्रेन्स समेत आयोजना हुनेछ।

स्टार्टअप मेलाको शीर्ष प्रयोजन एआइमा काम गर्ने कम्पनी ‘फयुज मेसिंस’ ले गरेको छ।आइटी तथा इन्नोभेसनमा केन्द्रित नयाँ कम्पनी तथा आइटीका विद्यार्थीहरुले सहभागिता जनाउने यस कार्यक्रममा रोबोटहरुको फुटवल प्रतिस्प्रधा समेत हुनेछ। नेपालीहरुले बनाएका रकेटदेखि ड्रोन र सफ्टवेयरहरु प्रदर्शनमा राखिनेछ।

आइटी रोजगारी सम्वन्धी जब फेयर पनि सञ्चालन हुने उक्त कार्यक्रम काठमाडौंको थापागाँउ स्थित प्रेसिडेन्टियल विजनेश स्कुलको ग्राउण्डमा आयोजना हुनेछ। प्रदर्शनीमा १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रममा संयोजक एवं लिभिङ विथ आइसिटीका संस्थापक राजन लम्सालले बताए।

उनले भने, ‘ सरकारलाई स्टार्टअप तथा युवाहरुमा गर्नुपर्ने लगानी, सुविधा र वातावरणको लागि घच्घच्याउने छ भने उद्यमशिलतालाई प्रवद्धन गर्न सघाउँछ।’

कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजिज (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज) मा वर्कशप सञ्चालन हुनेछ। दाश्रो दिन स्टार्टअप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुने छ।

वर्कशप, कन्फ्रेन्स र रोबोट प्रतिस्प्रधामा भाग लिन अनलाइन रजिस्ट्रर गर्नुपर्ने तर प्रदर्शनी अवलोकन सबैलाई नि:शुल्क गरिएको छ।
सहभागी हुनको लागि स्टार्टअप कम्पनीहरुले nepalistartup.com वेबसाइटमा गएर रजिस्टर गर्नुपर्ने हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?