निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री राई

निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री राई
+
-

झापा– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले लिएको समृद्धिको लक्ष्य निजी क्षेत्रको सहकार्य विना सम्भव नभएको बताएका छन्।

झापाको मेचीनगर धुलाबारीमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार निजी क्षेत्रलाई सँगै लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘यहाँको उत्पादन तथा बजारिकरण बिना हाम्रो समृद्धि सम्भव छैन। त्यो गर्नका लागि निजी क्षेत्रसँगै सहकार्य गर्नुपर्छ। उद्योग वाणिज्य क्षेत्रसँग सहकार्य गर्नका लागि हामीले बजेट पनि विनियोजन गरिसकेका छौँ।’

प्रदेश नं १ सरकारले प्रदेशको कृषि, पर्यटन तथा उद्योग व्यवसाय क्षेत्रको विकासका लागि थुप्रै कार्यक्रम ल्याएको मुख्यमन्त्री राईले बताए। उनले भने, ‘हामी चाँडाे बंगलादेशसँगको व्यापारलाई सहज बनाउने विषयमा संघीय सरकारसँ गम्भीर छलफल गर्दैछौँ।’

मेचीनगरको धुलाबारीमा बुधबारदेखि सुरू हुन भएको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवमा २ सय भन्दा बढी स्टलहरु राखिएका छन्। जहाँ बंगलादेश, भारत, भुटान तथा पाकिस्तानका समेत केही स्टल रहने बताइएको छ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको महोत्सवमा नेपाल लगायत भारतका दार्जिलिङ, आसाम तथा पश्चिम बंगाल, बंगलादेश तथा भुटानबाट व्यवासायी तथा पर्यटकहरुले महोत्सव अवलोकन गर्ने आयोजक मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए।

पर्यटकलाई आकर्षण गर्न हेलिकप्टरबाट झापा भ्रमण गराइने र इच्छुक पर्यटकहरुलाई ताप्लेजुङ्स्थित पाथीभरा देवीको दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए।

महोत्सवमा कलाकारहरुको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिने जनाइएको छ। बुधबार भएको उदघाटन कार्यक्रम विभिन्न जातिका साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?