प्रकाशकीय

अस्तित्व र समर्पणका दुई वर्ष

अस्तित्व र समर्पणका दुई वर्ष
+
-

गतिशील समयको प्रवाहसँगै सन् २०१९ ले बिदा लिएको छ। सन् २०२० को आगमन भएको छ, हरेक नयाँ वर्षजस्तै अनेकौँ आशा, विश्वास र सम्भावनाको डोको बोकेर। नयाँ वर्षकै पावन घडीमा जन्मिएको देश सञ्चार डटकम पनि आफ्नो अस्तित्वको तेस्रो वर्षमा प्रवेश गरेको छ।

फरक यत्ति हो, सञ्चारमाध्यमको जीवनमा बालापन आउँदैन। ऊ सुरुदेखि नै परिपक्व, जवाफदेही, स्पष्ट, द्वैध मान्यता या चरित्ररहित र पत्रकारिताका मूल्य तथा मान्यताप्रति समर्पित हुनुपर्छ। विगतको छोटो अवधिमा हाम्रो प्रयास त्यही रहिआएको छ।

देश सञ्चारको जन्म मुलुक एउटा विशिष्ट परिस्थितिबाट गुज्रिरहेको अवस्थामा भएको थियो। लामो संक्रमणकाललाई समाप्त गर्ने वैधानिक अस्त्रका रुपमा वि.सं. २०७२ मा आएको संविधान पक्कै पनि विधि, प्रकिृया र जनमतबाट निर्देशित थिएन। त्यो एउटा अत्यन्त केन्द्रिकृत प्रक्रियाको उत्पादन थियो।

तर, भारतीय नाकाबन्दीले सिर्जना गरेको अत्यन्त प्रतिकूल र हस्तक्षेपयुक्त परिस्थितिमा ‘सार्वभौम’ हैसियत प्रदर्शन गर्दै जनताले विधि र प्रक्रिया मिचेरै भए पनि संविधान ल्याउने दुई/तीन ठूला दलका नेताहरुको प्रयासलाई मौन अनुमोदन गरेका थिए।

बाह्य हस्तक्षेपलाई चुनौती दिने नेतृत्वले सधैँ सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रियता, राष्ट्रवाद र त्यसको जगमा उभिने प्रजातन्त्रको पक्ष लिने आशा र उत्साह जनतामा चुलिएको अवस्था थियो।

भ्रष्टाचारले हासिल गरेको उचाइ, जवाफदेहीताको शून्यता, वैदेशिक मामिलामा द्विविधा, राज्य र सरकारले आर्जेको दलीय स्वरुप र अधिनायकवादको खतरा अनि प्रतिपक्षको झण्डै अस्तित्वहीन अस्तित्व देश सञ्चार प्रस्तुतिका केन्द्रीय विषय बन्न पुगेका छन्।

केपी ओलीको विजय र प्रधानमन्त्री पदमा उनी आसिन हुनुलाई त्यही आशाको अटूट यात्राको रुपमा हेरिएको थियो। उनका हरेक उखान र टुक्कालाई जनताले आफ्नै ग्रामीण भाषाको अभिव्यक्ति मान्थे र विकासका हरेक परियोजना र मुलुकलाई भ्रष्टाचार शून्य बनाउने उनका उद्घोषलाई एउटा इमान्दार राजनेताका अभिव्यक्ति मान्थे।

जनतामा देखिएको त्यो असीम उत्साहलाई देश सञ्चारले आफ्ना प्रारम्भिक चरणमा अत्यन्त सकारात्मक रुपमा लिए पनि सत्य र वस्तुनिष्ठताको आलोकमा गरिने चिरफार उसका व्यवसायिक धर्म र कर्तव्य दुवै थिए। भ्रष्टाचारले हासिल गरेको उचाइ, जवाफदेहीताको शून्यता, वैदेशिक मामिलामा द्विविधा, राज्य र सरकारले आर्जेको दलीय स्वरुप र अधिनायकवादको खतरा अनि प्रतिपक्षको झण्डै अस्तित्वहीन अस्तित्व देश सञ्चार प्रस्तुतिका केन्द्रीय विषय बन्न पुगेका छन्।

यद्यपि शान्ति, समृद्धि र आशाबिना राष्ट्रको भविष्य उज्वल हुन सक्तैन। नेपाली जनताको आशा जीवित छ। हामी स्वयं पनि त्यो जीवित आशाको जीवन्तताको प्रतिनिधित्व गर्ने प्रण गर्दछौँ।

हाम्रो अस्तित्व र यात्राका अभिभावक र संरक्षक हाम्रा पाठक र स्राेता नै हुन्। उनीहरुको निरन्तर संरक्षण, चेतावनी, आलोचना र आशिर्वादले देश सञ्चार डटकम अझ झ्याँगिने प्रतिवद्धताका साथ हामी यो यात्रालाई जारी राख्नेछौँ।

नयाँ वर्ष २०२० ले मुलुकमा शान्ति र प्रगति आओस् र सर्वत्र नेपाल राष्ट्रको वैभव फैलियोस्, सबैमा हाम्रो शुभकामना!

 

 

रविनकुमार दाहाल,अध्यक्ष

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?