विर्तामोडमा आजदेखि क्यान्सर अस्पताल सञ्चालनमा

विर्तामोडमा आजदेखि क्यान्सर अस्पताल सञ्चालनमा
+
-

विर्तामोड – क्यान्सर रोगीको सहज उपचारका लागि भन्दै बुधबारदेखि झापाको विर्तामोडमा ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा आएको छ। उक्त अस्पताल ३ सय शैय्याको रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले जानकारी दिए।

बिएन्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरण सहित अस्पताल सञ्चालनमा ल्याइएको डा. यादवले बताए। पूर्वमा क्यान्सरको उपचार हुने अस्पताल यो नै पहिलो अस्पताल।

ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षका पदम मिश्रलाई निस्शुल्क रेडियसन दिएर अस्पतालमा उपचार सेवा सुभारम्भ गरिएको हो। सुदूर पूर्वका क्यान्सरका बिरामीलाई उपचार गर्न काठमाडौँ, चितवन वा भारतको सिलिगुडी पुग्नुपर्ने बाध्यता रहँदै आएकोमा अब सहज रुपमा विर्तामोडमै उपचार हुने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए।

बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले नै क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन्। आफै क्यान्सरबाट पीडित प्रसाईंले पूर्वका जनतालाई उपचारका लागि अन्यत्र धाइरहन नपरोस् भनेर अस्पताल बनाएको उनको भनाइ थियो।

उनले भने, ‘क्यान्सर रोगी भएपछि भारतमा उपचार गराउन जाँदा भोगेको समस्या सम्झेर सम्पूर्ण उपकरण सहितको सुविधासम्पन्न क्यान्सर अस्पताल खोल्ने सपना देखेको मैले देखेको थिएँ। जुन आज पूरा भएको छ।’

लामो समय भारतको मेदान्त अस्पतालमा काम गरेका क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्र यादवले प्रत्येक तीन जनामध्ये त्यहाँ एक जना नेपाली क्यान्सरको बिरामी हुने गरेको सुनाए। अस्पतालमा रेडियोथेरापी मेसिन, पेट स्क्यान, थ्रिडी मेमोग्राम मेसिन लगायतका अत्याधुनिक मेसिनबाट सेवा उपलब्ध गराइने डा. यादवको भनाइ छ।

चार अर्बको लगानीमा उक्त अस्पताल निर्माण भएको बताइएको छ।

यो अस्पतालमा प्रचण्डको लगानी छैनः दुर्गा प्रसाईं

क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो अस्पताललाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडेर हेरिएकोमा आपत्ति जनाएका छन्।

उनले बिएन्डसी वा क्यान्सर अस्पतालमा प्रचण्डको लगानी नरहेको बताए। उनले भने, ‘यो अस्पतालमा प्रचण्डको केही पनि छैन। यहाँ बैंकको लगानी छ। जनताको पैसा छ।’

एक समयमा माओवादीमा आफू लागेका कारण प्रचण्डसँग निकट हुनु स्वभाविक भएको उनको भनाइ थियो। तर अब ती सब विगत भएकाले दुर्गा प्रसाईंले के गर्दैछ भनेर हेरिदिन उनले आग्रह गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?