माघ ९ गतेदेखि वीरगञ्जमा प्रदेशस्तरीय क्यान इन्फोटेक मेला

माघ ९ गतेदेखि वीरगञ्जमा प्रदेशस्तरीय क्यान इन्फोटेक मेला
+
-

वीरगञ्ज– आगामी माघ ९ देखि १३ गतेसम्म वीरगञ्जमा प्रदेश स्तरीय क्यान इन्फोटेक मेलाको आयोजना हुने भएको छ। क्यान महासंघ पर्साले आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी ‘क्यान इन्फोटेक मेला २०२०’ आयाेजना गर्ने जानकारी दिएको हो।

क्यान इन्फोटेक मेला प्रदेश–२ सँगै नेपालका अन्य प्रदेशहरुमा पनि विभिन्न मितिमा ८ स्थानमा हुने क्यान महासंघ पर्साका अध्यक्ष दिपक साहले जानकारी दिए।

पाँच दिनसम्म चल्ने मेलामा नेपालको सुचना प्रविधि, मनोरञ्जन तथा पछिल्लो समय विकाश भएको प्रविधि सम्बन्धी प्रदर्शनीहरु राखिने आयोजकले जनाएको छ।

मेलाले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार बिस्तार गर्न, ग्राहकका आवश्यकताबारे थाहा पाउन, बजार सर्बेक्षण गर्न, नयाँ उत्पादनहरु सार्वजनिक गर्न तथा ग्राहकहरुसँग समबन्ध स्थापित गर्न अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।

मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार पविधि समबन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघ पर्साका अध्यक्ष साहले बताए।

मेलामा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुशन,मोबाइल फोन सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक सेक्युरिटी सोलुशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्याप्टप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम,कम्प्युटर एसेसिरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सिसिटीभी, हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीको लागि राखिने आयोजकले जानकारी दिएको छ।

यस्तै अर्टिफिसियल इन्टेलिजेन्स समबन्धी जानकारी, आईटी कलेज, बैंक, बिमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल मेलामा प्रदर्शनीको लागि राखिनेछ।

गत वर्षदेखि प्रदेश नम्बर २ को वीरगञ्जमा प्रदेश स्तरीय क्यान इन्फोटक मेलाका आयोजना हुँदै आएकोमा यस वर्ष दोस्रो पटक वीरगञ्जमा नै मेलाको आयोजना हुन लागेको हो।

गत वर्ष आायोजना गरिएको क्यान इन्फोटेक मेलाको एक लाखभन्दा बढी मानिसहरुले अवलोकन गरेकोमा यस वर्ष उक्त संख्या दुई लाखले अवलोकन गर्ने आयोजकले जनाएको छ।

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोशिएसन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था र व्यावसायीहरुको छाता संगठन हो।

क्यान सन् २०१५ मा कम्प्युटर एशोसिएसन नेपाल महासंघमा रुपान्तरित भए पश्चात हाल देशभरि ७ प्रदेश समिति र ५८ वटा जिल्ला शाखाको रुपमा फैलिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?