एसियन राजमार्गको नेपालसम्मको ‘पहुँच सडक’ विस्तारको काम तीब्र

एसियन राजमार्गको नेपालसम्मको ‘पहुँच सडक’ विस्तारको काम तीब्र
+
-

झापा– एसियन राजमार्गमा पर्ने नेपाल–भारत सीमाको नयाँ मेची पुल बनिसक्न लाग्दा नेपालपट्टि त्यसकाे पहुँच सडक विस्तारको काम धमाधम भइरहेको छ।

भारतबाट काम सक्दै ल्याएर नेपालपट्टि सडक विस्तार गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय दमकले जानकारी दिएको छ।

पुरानो मेची पुलभन्दा केही मास्तिर बन्दै गरेको नयाँ पुल अब केही महिनामा सञ्चालन हुने अवस्था छ। त्यस्को ‘एप्रोच रोड’ अर्थात नेपालपट्टिको राजमार्गसँग जोड्नका लागि करिब पाँचसय मिटर सडक विस्तार गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए।

उनले भने, ‘यो नेपालपट्टि एसियन राजमार्गको स्तरोन्नतिको काम होइन। नेपालतिरको सडकसँग पुललाई जोड्ने पहुँच सडकको निर्माण भइरहेको हो।’

उक्त पहुँच सडक विस्तारका लागि राजमार्ग छेउछाउका सबै संरचना भत्काएर तीब्र गतिमा निर्माणको काम भइरहेको छ। उक्त सडक विस्तारको काम पुल बनाउने भारतीय ठेकेदारले नै गरिरहेका छन्।

बस्ती खाली गरेर पहुँच मार्ग विस्तार


नेपालपट्टि नेपाल–भारत जोड्ने नयाँ मेची पुलको खम्बा र सडक बन्नुपर्ने स्थानमा बसोबास गरिरहेका स्थानीयबासीलाई सरकारले मुआब्जा वितरण गरेर स्थानीयबासीले जग्गा खाली गरिदिएपछि नेपालपट्टि पुल र पहुँच सडक निर्माणको कामले निरन्तरता पाएको हो।

एसियाली विकास बैंकको करिब एकसय ६० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा भारत सरकारले निर्माण गरिरहेको पुल र नेपालपट्टि पहुँच सडक बनाउने कामले निरन्तरता पाएको हो।

भारतपट्टि पुलका खम्बा बनिसक्दा पनि नेपालपट्टि मुआब्जाको समस्या थियो। तर त्यहाँ बसोबास गर्ने ४३ घर परिवारलाई मुआब्जा वितरण गरेपछि जग्गा खाली भएर निर्माणको कामले गति लिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?