जंगली हात्तीका हड्डी र छाला मात्र भेटिए

जंगली हात्तीका हड्डी र छाला मात्र भेटिए
+
-

झापा – गत शनिबार स्थानीयबासीले प्रहरीलाई खबर गरे एउटा जंगली हात्ती केही दिनदेखि मरेको अवस्थामा जंगलभित्र छ भनेर। खबर पाउनासाथ प्रहरी जंगल पस्यो। देख्यो करिब एक महिनादेखि उक्त हात्तीका शरीरका मासु सबै अन्य जंगली जनावरले खाइसकेको रहेछ।

आइतबार डिभिजन वन कार्यालय झापा र प्रहरीको टोली त्यसतर्फ गएर उक्त हात्तीको त्यहीँ जंगलमा खाल्डो खनेर गाडेर फर्कियो। यो घटना कचनकवल गाउँपालिका ३ मा पर्ने अभिमुक्तेश्वर सामुदायिक वन क्षेत्र भित्रको हो।

अहिले झापामा जंगली हात्तीको चहल पहल धेरै छ। उक्त हात्तीलाई कसरी मारियो भन्ने थाहा पाउन नसकिएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए।

उनले भने, ‘हेर्दा खेरि करिब ३५ वर्षको जस्तो देखिन्छ। काल गतिले त मरेको होइन होला। तर यकिन गर्नै कठिन भयो हात्तीको थोरै अवशेष मात्र भएकाले।’

परीक्षणका लागि उक्त हात्तीको शरीरका केही अंश संकलन गरिएको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?