धान किसान भन्छन्, ‘खर्चै नउठ्ने मूल्यमा बेच्‍नुपर्छ’

धान किसान भन्छन्, ‘खर्चै नउठ्ने मूल्यमा बेच्‍नुपर्छ’
+
-

झापा-तराईका कृषकहरुको आय आर्जनको मुख्य स्रोत धान भए पनि त्यही धान नबिक्दा उनीहरु निरास बनेका छन्। प्रायः घरमा नभइ नहुने चामलका लागि त्यही धान चाहिन्छ।तर त्यही धान किनिदिने पनि कोही हुँदैनन्।

सरकारले धानको समर्थन मूल्य तोक्छ तर धेरैले सस्तोमा धान बचिसकेपछि। व्यापारीले पनि त्यही मौका खोजिरहेका हुन्छन् जुन बेला कृषकलाई धान बाली लगाउँदा, त्यसलाई स्याहार्दा र बाली उठाउँदाको ऋण तिर्न गाह्रो परिरहेको हुन्छ। अनि मूल्यमा दलाली सुरु हुन्छ। सबभन्दा कम मूल्यमा कस्ले बेच्छ उसैको धान किन्छन् व्यापारीले।

कृषकले धानबाली लगाउन सुरु गर्दादेखि बाली थन्क्याएर त्यस्को मूल्य पाइन्जेलसम्म कतै सन्तोष लिन सकिने ठाउँ नरहेको बताउँछन्।

अन्नबाली लगाउँदाको अवस्थादेखि बाली भित्र्याउँदासम्मको परिस्थितिमा पीडा बढी हुने गरेको कृषकहरुको भनाइ छ।झापालाई धान सुपरजोन घोषणा गरेर उत्पादन बढाए पनि उत्पादिन धान भनेको मूल्यमा बिक्री नभएको कृषकहरु बताउँछन्।

झापामा धान सुपरजोन सुरु भएको कचनकवल गाउँपालिका ६ का कृषक लक्ष्मीप्रसाद नेपालले भने, ‘धेरै दिएको सात सय रुपैयाँ प्रति मन दिन्छन् व्यापारीले। किसानको सबै खर्च त्यसैबाट हुने हो। त्यतिमा भए पनि बेच्नै पर्छ।’

प्रायः कृषकका घरको भकारीमा धान छ तर मूल्य नपाएर बेच्न पाएका छैनन्।

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि मोटा धानको प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २६ सय ७३ रुपैयाँ १६ पैसा धानको न्यूनतम समर्थन मूल्य तोक्यो।

तर त्यो मूल्यले पनि किसानलाई केही फाइदा नदिएको कचनकवलकी कृषक मीरा नेपालको भनाइ छ।्

पाँचगाछी झापाका राजनारायण राजवंशीले आफ्नो करीब ४ विगाह जमिनमा मरितरि धान त फलाए तर त्यही फलेको धानको मूल्य निकै ओरालो लागेपछि अहिले उनी चिन्तामा परेका छन्। धान उत्पादन गर्दा लागेको मूल्य समेत नउठ्ने भएपछि उनी चिन्तित बनेका हुन् ।

कृषक राजवंशीले भने, ‘धान रोप्दा लागेका मजदुरको ज्याला, बिउ तथा मल खरिद, मेहेनत सबै जोड्ने हो भने त फाइदा होइन पुरै घाटा छ। सस्तोमा धान बेच्न बाध्य छौं हामी।’

तराईका अधिकांश कृषकले धान बेचेर आफ्नो गुजारा चलाउँछन्। तर बर्षेनी खर्च उठ्ने तथा गुजारा चल्नसक्ने भाउ नपाउँदा ‘कृषकका दिन रहेनछन्’ भनेर कृषकहरुले निराशा व्यक्त गर्ने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?