'यो त नेपाल सरकारकै बेइज्जत भयो'

चीनबाट नेपालीको चित्कारः ‘सरकार, अब हामी खानेकुरा नपाएर मर्ने स्थितिमा छौं’

चीनबाट नेपालीको चित्कारः ‘सरकार, अब हामी खानेकुरा नपाएर मर्ने स्थितिमा छौं’
+
-

झापा –  सरकारले चीनमा रहेका नेपालीहरुलाई अब उद्धार नगरे उनीहरुको खान नपाएर मर्ने अवस्थामा पुगेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन्।

चीनको हुबे प्रान्तको शियान शहरमा डर्माटोलोजीमा एमडी गर्दै गरेका डा. माधव गौतमका अनुसार अब पनि सरकारले चीनमा रहेका नेपालीहरुलाई उद्धार गर्न ढिलो गरे आफूहरु खान नपाएर मर्नसक्ने अवस्था आएको बताए।

उनले भने, ‘खानेकुरा कहीँ पनि छैन। निश्चित समयमा कहीँ डिमार्टमेन्ट स्टोर खुल्छन्। त्यहाँ पनि भीड लाग्छ। जान सक्ने अवस्था छैन।’

उनले विगत एक सातादेखि पाउडर दुधका भरमा बाँच्नु परेको बताए। घना जनसंख्या भएको स्थानमा कुन बेला कसलाई संक्रमण हुन्छ भन्ने त्रासले आफूहरुलाई पिरोलेको उनले बताए। ‘सरकारले के कारणले हामीलाई लैजान ढिलो गर्दैछ अचम्म लागेको छ, ‘ उनले भने।

विगत लामो समयदेखि कोठाको भेन्टिलेसन पनि नखोली बसेको र खोल्दा पनि हावाबाट भाइरस संक्रमण होला कि भन्ने त्रासमा आफूहरु रहेको चीनमा रहेका नेपालीहरु बताउँछन्।

डा. गौतमका अनुसार सरकारको ढिलाइका कारण नेपालीहरुले मानसिक सन्तुलन गुमाउने अवस्थामा पुगेका छन्। उनले भने, ‘सामान्य ज्वरो आएको अवस्थामा पनि डर त्रासका कारण कसैले पनि झ्यालबाट हाम फाल्न सक्ने परिस्थितिको सृजना भएको छ।’

नेपालीहरुको भान्सामा पाक्ने बस्तु केही पनि नभएको उनीहरुको भनाइ छ। सबैकुरा सकिएकाले अब के खाएर बाँच्ने भन्ने चिन्ताले सताएको डा. गौतमले बताए।

पिउने पानीको अभाव भएको उनको भनाइ छ। डा. गौतमले भने, ‘बाहिर निस्किने अवस्था छैन। यत्रो दिन त कोठामा गुम्सिएर बस्यौं। अब कति दिन बस्नु?’

उनी रहेको स्थानबाट अमेरिका, बेलायत, जापान, भारत, अस्ट्रेलिया, पाकिस्तान लगायत देशहरुले आफ्ना नागरिक उद्धार गरेर लगिसकेको उनले बताए। उनले भने, ‘यो त नेपाल सरकारकै बेइज्जत भयो।’

चीनको हुबे प्रान्तको जिङझोउ शहरमा त्यहाँ अध्ययनरत श्रीमती भेट्न डिसेम्बर १० तारिक चीन पुगेका गत झापा दमकका चिकित्सक डा. समीर भट्टराईले पनि सरकारले चाँडो नेपालीहरुलाई उद्धार नगरे स्थिति नाजुक बन्ने बताए।

उनले भने, ‘सरकारले अरु कुरा सबै थाँतीमा राखेर भए पनि चीनमा रहेका नेपालीहरुलाई संक्रमण हुन अगावै उद्धार गरोस्।’ उनले जति ढिलो हुँदै गयो त्यति नै संक्रमणको संभावना बढेर जाने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?