झापा – शनिबार राति ११ बजे चीनकाे वुहानबाट नेपाल आउनका लागि हुबेइका विभिन्न शहरबाट नेपालीहरु वुहान जान सुरु गरेका छन्।
नोवेल कोराना भाइरसको संक्रमण सुरु भएको हुबेइबाट पनि नेपालीहरु बुहान प्रस्थान गरिसकेको चीनमा डर्माटोलोटीमा एमडी गर्दै गरेका चिकित्सक डा. माधव गौतमले देश सञ्चारलाई बताए।
उनले भने, ‘हामी पूर्ण सुरक्षित छौं। हुबेइका विभिन्न शहरबाट नेपालीहरु वुहानमा भेट्ने कार्यक्रम छ।’
हुबेइका विभिन्न शहरबाट बसमार्फत उनीहरु उहान गइरहेको गौतमले जानकारी दिए। उनका अनुसार शनिबार राति ११ बजे नेपाल वायु सेवा निगमको जहाजबाट उनीहरु नेपाल उड्नेछन्।
उनीहरु चढेको बसमा पनि स्वास्थ्य परीक्षण गरिएको छ।