कोरोना संक्रमण हुन नदिन सार्वजनिक स्थानहरुमा हात धुने व्यवस्था मिलाइँदै

कोरोना संक्रमण हुन नदिन सार्वजनिक स्थानहरुमा हात धुने व्यवस्था मिलाइँदै
+
-

झापा गत शुक्रबारदेखि झापाको मेचीनगर नगरपालिका वार्ड नं ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले उक्त कार्यालय प्रवेश गर्नु भन्दा अगाडि हात धुनका लागि पानी र साबुनको व्यवस्था कार्यालयको गेटमै गरेको छ।

लामो समय यात्रा गरेर आउनेहरुका लागि लगायत अन्य मानिसहरुका लागि कम्तीमा एक पटक भए पनि हात धुन लगाए भाइरस संक्रमण कम हुने भन्दै उक्त कार्यालयले हात धुने व्यवस्था मिलाएको हो।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले भने, ‘हामीले कार्यालय भित्र प्रवेश गर्न अघि हात धुनका लागि आग्रह गर्दै पानी र साबुनको व्यवस्था मिलाएका हौं।’

त्यसैगरि हरेक सरकारी कार्यालयहरुमा संभव भएसम्म हात धुने व्यवस्था मिलाउन लागिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए। प्रदेश सरकारले आह्वान गरेको बैठकमा पनि सोही कुरा उठेको र त्यस्को कार्यान्वयनका लागि कार्यालयहरुलाई अनुरोध गरिने उनले बताए।

चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन्छ भन्ने कुरालाई ध्यानमा राखेर यस्ता व्यवस्थाहरु गरिँदैछ। चिकित्सकहरु भन्छन्, ‘सामान्य नियमित सरसफाइको कुरा ध्यान दिए कोरोना संक्रमण हुने संभावना न्यून हुन्छ। नियमित साबुन पानीले हात धोए हातमा कोरोना भाइरस छ भने त्यो हटेर जान्छ र मानव शरीर भित्र संक्रमण हुन पाउँदैन।’

जहाँ मानिसहरुको बढी आवत जावत हुन्छ त्यस्ता स्थानहरुमा हात धुने व्यवस्था मिलाउन अहिले झापाका सरकारी तथा गैर सरकारी संस्थाका अधिकारीहरु लागिपरेका छन्। काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले संभव हुने स्थानहरुमा हात धुने व्यवस्था मिलाउने जनाएको छ। संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीका अनुसार हरेक कार्यालयका कर्मचारीहरुले सेवाग्राहीलाई हात धुन आग्रह गर्नेछन्।

उनले भने, ‘कार्यालयमा रहेका सेक्युरिटी गार्ड तथा कर्मचारीहरुलाई हामी परिपत्र गर्दैछौं सेवाग्राहीलाई साबुन पानीले हात धुन अनुरोध गर्नका लागि।’

मेची अञ्चल अस्पताल भद्रपुरका फिजिसियन डा. पिताम्बर ठाकुरका अनुसार ड्रप्लेट्स अथवा छिटाबाट पनि कोरोना भाइरस सर्नसक्ने भएकाले हातधुने व्यवस्था मिलाउनु अति उत्तम हुने प्रतिक्रिया दिए।

उनले सुरक्षित मास्कको प्रयोग र हात धुने व्यवस्था भए भाइरस संक्रमणको जोखिम न्यून हुने बताए।

डा. ठाकुरले भने, ‘हामी पनि अस्पतालमा आउने मान्छेहरुलाई हात धुन अनुरोध गर्दैछौं। हात धुने ठाउँ हुन्छ, साबुनको व्यवस्था गर्नु ठूलो कुरा नै होइन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?