‘हेल्थ सर्टिफिकेट’ नभएको भन्दै मंगलबार पनि ‘एयरपोर्ट’बाटै चार जना विदेशी फिर्ता

‘हेल्थ सर्टिफिकेट’ नभएको भन्दै मंगलबार पनि ‘एयरपोर्ट’बाटै चार जना विदेशी फिर्ता
+
-

काठमाडौँ–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले मंगलबार हेल्थ सर्टिफिकेट नभएको भन्दै चार जना विदेशीलाई ‘इन्ट्री रिफ्युज्ड’ गरेको छ।

एयरपोर्टबाटै फिर्ता गरिएकामा दुई जना अस्ट्रेलियन, एक जना क्यानेडियन र एक जना अमेरिकाको ‘ट्राभल डकुमेन्ट’ भएका भारतीय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले जनाएको छ।

‘भारतीयलाई हामी इन्ट्री रिफ्युज्ड गर्दैनौँ तर उनीसँग अमेरिकाको ट्राभल डकुमेन्ट भएका कारण हामीले हेल्थ सर्टिफिकेट खोजेका हौँ’, अध्यागमन स्रोतले भन्याे।

यसअघि सोमबार पनि हेल्थ सर्टिफिकेट नभएको भन्दै ३० जना विदेशीलाई विमानस्थल अध्यागमनले ‘इन्ट्री रिफ्युज्ड’ गरेको थियो। त्रिभुवन विमानस्थल नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले विदेशी नागरिकलाई सम्बन्धित देशबाट जारी भएको ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गरेको छ। कोरोनाको बढी संक्रमण भएका विभिन्न ८ देशका नागरिकलाई भने ‘अनअराइभल भिसा’ दिन बन्द गरिसकेको छ।

ती देशका नागरिकले   नेपाल आउनै पर्ने अवस्था भए सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगमा हेल्थ सर्टिफिकेट पेश गरेर प्रोसेस अगाडि बढाउन सक्ने सरकारले व्यवस्था गरेको छ।

त्रिभुवन विमानस्थल प्रशासनले विदेशबाट आउने नागरिकमा कोरोनाको आशंका देखिए सिधै अस्पताल पठाउने गरेको छ। अस्पतालको परिक्षणमा सम्भावना देखिए उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरिन्छ।

हालसम्म नेपालमा एक जनामा मात्र कोरोना संक्रमण भेटिएको छ जो निको भइसकेका छन्। ती व्यक्ति चीनबाट फर्किएका नेपाली थिए।

त्रिभुवन विमानस्थलले विदेशबाट आउने नेपालीलाई ‘होम क्वारेन्टाइन’ र विदेशी नागरिकलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सुझाव दिएको छ।

यो पनि पढ्नुहोस्

दुई सातामा हवाई मार्गबाट २४ हजार १ सय ५० विदेशी नेपाल भित्रिए, कुन देशबाट कति ?

दुई सातामा हवाई मार्गबाट २४ हजार १ सय ५० विदेशी नेपाल भित्रिए, कुन देशबाट कति ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?