विदेशबाट आएर ‘होम क्वारेन्टाइन’मा बसेकामाथि सरकारको कडा निगरानी

एक्लै बस्नु भएको छ? कि घुलमिल हुनुभयो?

+
-

काठमाडौँ– विदेशबाट आएर कोभिड–१९ बाट बच्नका लागि ‘होम क्वारेन्टाइन’ रहेका नागरिकले लापरवाही गरेका छन्-छैनन् भन्नेबारे सरकारले निगरानीमा कडाई गरेको छ।

खासगरी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएपछि हेल्थ डेस्कमा जाँचका क्रममा यात्रुले भरेका फारम टेकुस्थित स्वास्थ्य सेवा विभागको महामारी  तथा रोग नियन्त्रण महाशाखाका कर्मचारीले पल्टाउँदै ‘होम क्वारेन्टाइन’ मा रहेका ती व्यक्तिहरुको समग्र अवस्था बुझ्न थालेका हुन्।

फारम भरेर ‘होम क्वारेन्टाइन’मा रहेका उनीहरुलाई शनिबार महाशाखाका कर्मचारीले फोन गरेर सोध्दै थिए, ‘तपाईँलाई कस्तो छ ? ज्वरो आएको छर ?  घाँटी दुखेको छ ? एक्लै बस्नु भएको छ कि घुलमिल हुनुभयो ?’

विमानस्थलमा भित्रने क्रममा यात्रुले भरेको फारमहरु।

कर्मचारीले कोभिड– १९ का लक्षणहरुबारे प्रश्न सोध्दै गर्दा कसैमाथि कोभिड–१९ को शंका लागेमा उनीहरुलाई सुरक्षितरुपमा सम्बन्धित अस्पताल गएर जाँच गर्न आग्रह समेत गरेका छन्।

‘होम क्वारेन्टाइन’मा रहेकाहरुलाई निगरानी गरिरहेका महाशाखाका कर्मचारी रामजी घिमिरेले भने, ‘कोभिड–१९ बाट बच्ने उपाय ‘होम क्वारेन्टाइन’ पनि एक हो । तर त्यहाँ पनि लापरवाही नहोस भनेर हामीले निगरानी गरिरहेका छौँ।’

महाशाखामा विमानस्थलमा ल्याइएका सयौँ यात्रुको फारमको चाङ लगाइएको छ।

भिडियाे:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?