
वीरगञ्ज- वीरगञ्जका एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको भनिए उनका परिवारजनले उनको रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन्।
वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए।
भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चारदिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए। उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
पर्साका सिडिओ बिष्णुकुमार कार्कीले उनको परिवारका सदस्यहरुलाई आइसोलेसनमा बस्न निर्देशन दिएको जानकारी स्थानीय सञ्चारमाध्यमहरुलाई दिएका छन्।
-परिवारजनले रुगंटामा संक्रमण देखिएको भनी जानकारी दिएको आधारमा सरकारी अधिकारीहरुको सूचनामा आधारित समाचार पुष्टि हुन नसकेपछि हामीले सच्याएका छौँ।