कोरोना भाइरस जाँचका ८ चरण

कोरोना भाइरस जाँचका ८ चरण
+
-

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १ सय ८८ देशमा फैलिसकेको छ।

भाइरसको संक्रमणका कारण विश्वका १४ हजार ७४६ व्यक्तिको मृत्यु भइसकेको छ।

नेपालमा अहिलेसम्म दुई जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने एक जना उपचारपछि घर फर्केका छन्। सरकारले कोरोना  भारइसबाट बच्नका लागि उच्च सर्तकता अपनाइरहेको छ। तर पनि मानिसहरु दिन प्रतिदिन त्रसित भइरहेका छन्।

सामान्य रुघाखोकी लाग्नेबित्तिकै कोरोना भाइरसको संक्रमण हो कि भन्दै अस्ताल पुग्नेहरु संख्या बढिरहेको चिकित्सकले बताएका छन्।

चिकित्सकले भने विदेशबाट नेपाल अएाका वा उनीहरुको सम्पर्कमा आएका व्यक्तिमा कोरोनाको लक्षण देखा परेको खण्डमा मात्रै नमूना संकलन गरी परीक्षण गर्ने गरेका छन्।

उसो त संक्रमित देश वा ठाउँबाट नेपाल आएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण देखा पर्दा कतिपयलाई परीक्षणका लागि कहाँ जाने? परीक्षणका लागि के गर्ने? कोरोना संक्रमित भए नभएको कसरी थाहा पाउने जस्ता सामान्य कुराको जानकारी नहुन सक्छ।

यी विषयमा संक्रमित ठाउँबाट नेपाल आएका व्यक्ति सबैभन्दा धेरै जानकार हुन जरुरी छ।

नेपालमा कोरोना भाइरस संक्रमणको नमूना परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र गरिरहेको छ।

धेरैलाई लाग्न सक्छ, उपत्यका बाहिर संक्रमणको लक्षण देखिएका शंकास्पद व्यक्ति परीक्षणका लागि के गर्ने? के उपत्यका बाहिरका व्यक्ति परीक्षणका लागि काठमाडौँ पुग्नै पर्छ? कोरोनाको लक्षण देखा परेका उपत्यका बाहिरका कुनै पनि शंकास्पद व्यक्ति परीक्षणका लागि काठमाडौँ पुग्न नपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन्। उनले भनिन्, ‘उपत्यका बाहिरबाट परीक्षणकै लागि प्रयोगशाला पुग्नु पर्दैन। त्यहाँका स्वास्थ्यकर्मीले ‘थ्रोट स्वाब’ संकलन गरेर प्रयोगशालामा पठाउने गरेका छन्।  यसका लागि प्रत्येक जिल्लामा कुरियर कम्पनी सक्रिय भएर काम गरिरहेको छ।’

तपाईँ कुनै पनि संक्रमित देश वा ठाउँबाट नेपाल आउनु भएको छ? यदि तपाईँमा कोरोना भाइरसका लक्षण देखा परेका छन् तर तपाईँलाई चेकजाँचका लागि कहाँ जाने कसरी गर्ने भन्ने बारेमा थाहा छैन भने यसो गर्नु होस्।

लक्षण देखा पर्नेबित्तिकै नजिकैको स्वास्थ्य संस्था तथा अस्पताल पुगी स्वास्थ्यकर्मी तथा चिकित्सकसँग परामर्श लिनुपर्छ। शंकास्पद भएको खण्डमा तपाईँ अस्पतालमै भर्ना हुनुपर्छ। त्यहाँ स्वास्थ्यकर्मीले तपाईको ‘थ्रोट स्वाब’ संकलन गर्ने छन्। संकलन गरिएको नमूनालाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइन्छ। नमूना परीक्षणका लागि २४ घण्टा लाग्ने भएका कारण त्यतिन्जेल तपाईँ अस्पतालमै बस्नुपर्ने हुन्छ। नमूना परीक्षणको २४ घण्टापछि रिपोर्ट सार्वजनिक गरिन्छ। रिपोर्ट पोजेटिभ आएमा तपाईँ थप उपचारका लागि अझै केही दिन आइसोलेसनमा बस्नुपर्छ। यदि रिपोर्ट नेगेटिभ आए घरमै तपाईँलाई घर पठाइन्छ। यसपश्चात घरमै बसेर आराम गर्न सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?