चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ

चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ
+
-

काठमाडौँ– कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएकी १९ वर्षीया युवतीको नमूना दोस्रो पटक परीक्षण गरिने भएको छ। चैत ४ गते फ्रान्स हुँदै कतारबाट नेपाल आएकी युवतीमा आइतबार आएको रिपोर्टमा भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।

संक्रमण भएको पुष्टि भएसँगै उपचारका लागि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको छ।

कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आए पनि ती युवतीमा अहिले कोरोना भाइरसको लक्षण भने नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीले बताए।

‘हामी क्लिनिकल्ली प्यारामिटर हेर्दै गर्छौँ। उहाँमा अहिले थप लक्षण देखिएको छैन। अवस्था सामान्य छ। पछि लक्षण बढ्दै गयो भने थप परीक्षण गर्नु पर्ने हुन सक्छ’, उनले भने,‘अहिले थप लक्षण नदेखिएको हुँदा नमुना परीक्षण नेगेटिभ आए ७ दिनमा डिस्चार्ज गर्छौँ र फेरि पनि पोजेटिभ आए १४ दिन राख्छौँ।’

यो पनि पढ्नुहोस्

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?