कोरोनाकाे त्रास: झापामा विदेशबाट आएका २ सय २६ जना निगरानीमा

कोरोनाकाे त्रास: झापामा विदेशबाट आएका २ सय २६ जना निगरानीमा
+
-

झापा– विभिन्न मुलुकबाट झापा आएका मानिसहरु नेपाल प्रहरीको निगरानीमा रहेका छन्। गत फागुन १६ गतेदेखि चैत १२ गतेसम्ममा २ सय २६ जना झापा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तीमध्ये एकजनालाई आइसोलेसनमा र अन्यलाई सेल्फ तथा होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।

उनले भने, ‘विगत एक महिनायता झापाका आएकाहरुको लगत राखेर निगरानीमा राखेका छौं।’

अहिलेसम्म कोरोना भाइरसबाट संक्रमण विदेशबाट आएकाहरुमै देखिएका हुनाले प्रहरी तथा स्थानीय तहले उनीहरुकाे खोजी तीब्र पारेका छन्।

विभिन्न सामाजिक सञ्जालहरुमार्फत प्रहरी तथा स्थानीय तहका पदाधिकारीले विदेशबाट आएकाहरुलाई सम्पर्कमा आउन आग्रह गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?