काठमाडौंदेखि सुरक्षाकर्मी छल्दै काँकरभिट्टा आइपुगेका दुई नक्कली चिकित्सक पक्राउ

काठमाडौंदेखि सुरक्षाकर्मी छल्दै काँकरभिट्टा आइपुगेका दुई नक्कली चिकित्सक पक्राउ
+
-

झापा- काठमाडौंदेखि चिकित्सकको भेषमा आएका दुई युवकलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले आइतबार पक्राउ गरेको छ।

उनीहरु एउटा निजी कारमा काठमाडौंदेखि काँकरभिट्टासम्म आइपुगेको प्रहरीको भनाइ छ।

बाटोमा सुरक्षाकर्मीलाई नक्कली परिचयपत्र देखाउँदै र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि हिँडेको भन्दै पूर्वीद्वार काँकरभिट्टा आइपुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बा. ६ च ७०१९ नम्बरको कारमा उनीहरु झापा आइपुगेका हुन्। पक्राउ पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन्।

उनीहरु लागुपदार्थ दुर्व्यसनी हुनसक्ने प्रहरीको आशंका छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले लक डाउनका बेला पनि लागु पदार्थ आपूर्तिका लागि उनीहरु काठमाडौंदेखि झापासम्म यात्राको जोखिम मोलेको हुनसक्ने बताए।

ती युवकलाई मेचीनगर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ भने कार प्रहरीको नियन्त्रणमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?