फोटो स्टोरी

झापाका सीमावर्ती क्षेत्रमा कसरी बसेका छन् प्रहरी?

झापाका सीमावर्ती क्षेत्रमा कसरी बसेका छन् प्रहरी?
+
-

झापा – एउटा संगठनका सदस्यका काम कतिको प्रभावकारी भइरहेको छ भन्ने कुरा त्यस संगठनको नेतृत्वमा पनि भर पर्छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल-भारत सीमामा सशस्त्र प्रहरीका पोस्टहरु बढाउन जुन बेला सरकारले निर्णय गर्यो त्यो भन्दा अगाडि नै झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइराला आफ्ना मातहतका प्रहरीलाई पनि सीमामा खटाउने निर्णयमा पुगेका थिए।

त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाले नेपाल-भारत सीमा क्षेत्रका गौंडा-गौंडामा प्रहरी तैनाथ गरेर भारतबाट कोही पनि छिर्न नदिने किसिमले काम शुरु गर्यो।

अहिले सशस्त्र प्रहरीका पोस्टसंगै नेपाल-भारत सीमा क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ जसबाट झापाबासी कोरोना भाइरसको संक्रमण हुनबाट केही हदसम्म सुरक्षित अनुभूति गरेका छन्।

स्थानीयबासीसहितको सुरक्षा समिति

सीमित जनशक्ति रहेको प्रहरीले मात्र सीमाको सुरक्षा गर्न सम्भव नदेखिएपछि प्रहरीले नै स्थानीयबासीलाई समेटेर सीमा सुरक्षा समिति गठन गरेको छ ।

झापामा दक्षिण–पश्चिम गौरीगञ्जदेखि पूर्वोत्तर मेचीनगरको तिरिङसम्म १४४ किलोमिटर खुला सीमा छ। लक डाउनको समयमा पनि नेपाली भूमिमा खेती गर्दै आएका भारतीयहरु नेपाल आउने गर्थे। अहिले उनीहरु नेपाल आउने क्रम पनि रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कोइरालाका अनुसार सीमामा कडाइ गर्न स्थानीयबासीको संलग्नतामा सीमा सुरक्षा समिति गठन गरिएको छ। त्यस्ता समिति झापामा १६ वटा बनाइएको उनले जानकारी दिए।

कोइरालाले भने, ‘नागरिक पनि विना वर्दीका प्रहरी हुन्। उनीहरुलाई पनि जागरुक बनाउनु पर्छ।’

सीमामा बसेका प्रहरी अस्थायी पाल टाँगेर बसेका छन्। चर्को घाममा उनीहरु सीमामा कोरोनाको जोखिम रोक्न खटिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?