लकडाउनमा ध्यान दिनुपर्ने कुराहरु

लकडाउनमा ध्यान दिनुपर्ने कुराहरु
+
-

कोरोना भाइरस (कोभिड १९) को महामारीले आज विश्व आक्रान्त छ। हाम्रो देश नेपाल पनि यसबाट अछुतो छैन। यस महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न विश्वका सबै मुलुकले आ-आफना देशका चिकित्साविद्हरुको सल्लाह र सुझावअनुसार विभिन्न विधिहरु अपनाइरहेका छन्। सामाजिक दुरी र लकडाउन तीमध्ये केही हुन्।

नेपालमा मात्र होइन, विश्वभरि नै लकडाउनको अवस्था छ। प्रभावकारी ढंगले कोभिड १९ को महामारीलाई रोक्न सरकारसँग लकडाउनबाहेक कुनै अर्को विकल्प थिएन। बढ्दो संक्रमणबाट बचाउ एवं सुरक्षा हेतु वैशाख १५ गतेसम्म नेपाल सरकार द्वारा घोषित लकडाउनको पालना गरौँ। लकडाउन भनेको कर्फ्यू होइन। लकडाउन आपत् या महामारीको बेला जनताको सहुलियत र सुरक्षाका लागि राज्यद्वारा लागू गरिन्छ। लकडाउनको बेला घरबाट बाहिर निस्कने अनुमति हुँदैन। तर औषधि र खानेपिउने आवश्यक बस्तु किनमेल गर्नका लागि मात्र अनुमति मिल्छ।

अनावश्यक घरबाट बाहिर सडकमा ननिस्किनुस्। लकडाउनमा आपतकालीन सेवाबाहेक अरु सेवा बन्द रहन्छ। मानिसमानिसबीच तीनदेखि छ फिटसम्मको दुरी बनाउनु कोरोना भाइरस डिजिजको संक्रमण हुनबाट रोक्ने विधि हो। कोरोना भाइरस (कोभिड-१९) को चेन तोड्न सावधानी अपनाउनु अत्यन्त जरुरी छ। लकडाउनको बेला छरछिमेक तथा गल्लीमा पनि ननिस्कौँ। घरमै बसौँ, आफ्नो तथा परिवार एवम् समाजको सुरक्षा गरौँ। लकडाउनको बेला (घरमा) मा बस्नेहरुले ध्यान दिनुपर्ने कुराहरु यसप्रकार छन्।

-घरका सबै सदस्यहरु एकैसाथ बसेर टिभी नहेर्ने।

-एउटै सोफासेटमा तीनचार जना एकैसाथ नबसौँ।

-एउटै ओछ्यानमा धेरै जना नसुन्ने।

-घरको प्रत्येक सदस्यले आ-आफ्नो छुट्टै तौलिया प्रयोग गर्ने।

-घरमा पनि परिवारिक जमघट हुन नदिने, सामाजिक दुरी बनाएर बस्ने।

-प्रत्येक एक या दुई घन्टाको फरकमा साबुनपानीले २० सेकेन्डसम्म राम्ररी हात धुने।

-यसै गरी केही घन्टाको फरकमा आँखालाई पानीले धुँदै गर्ने।

-स्वास्थ्यवर्धक र पोषणयुक्त खानेकुराहरु खाने गर्नुस्।

-झोलपदार्थ र मनतातो पानी बरोबर खाने गर्नुस्।

-यदि तपाईँ कुनै औषधि खाने गर्नुभएको छ भने नियमित रुपले सेवन गर्नुस्।

-घरका केटाकेटी तथा बुढाबुढीहरुको स्वास्थ्यप्रति ध्यान राख्ने।

-हाँच्छ्यू गर्दा, खोक्दा नाक र मुखमा सफा रुमाल राख्ने।

-अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ।

-घरको झ्याल, ढोकाको ह्यानन्डिल, रेलिङलाई पनि सेनिटाइज गर्ने।  ट्वालेटलाई सफा राख्ने–  घरको एकजना सदस्यले शौचालय प्रयोग गरेपछि फिनाईल या डिटोल वा ब्लिचिङ पाउडर हालेर तातोपानीले सफा गरेरमात्र अर्को ब्यक्तिले प्रयोग गर्ने।

-घरका सदस्यहरुको मैलो लुगा एकै ठाउँमा राखेर नधुने।

-खाना खाने बेलामा पनि एक अर्काबाट कमसे कम एक मिटरको दुरी बनाएर राख्ने।

-नाकमा औँला नहाल्ने–  केही व्यक्तिहरुको नाकमा औँला हाल्ने बानी हुन्छ। यस्तो गर्नु हुँदैन। ध्यान राख्नुस्- कोरोना भाइरसको संक्रमण हुने एक कारण यो पनि हो।

-पाकेट या डिब्बाबन्द खाद्यपदार्थलाई सेनिटाइज गर्ने– बाहिरबाट प्याकेटमा आउने दूध वा अन्य डिब्बाबन्द खानेपिउने चिजहरुलाई– प्याकेटबाट झिक्नुभन्दा अगाडि प्याकेटलाई सेनिटाइज गर्ने र सफा हातले सामान निकाल्ने।

-आफूलाई ज्वरो आएमा, रुघाखोकी लागेमा तुरुन्त नजिकको अस्पताल या चिकित्सकसँग जँचाउन जाने।

-आफूले प्रयोग गर्ने मोबाइलको कभरलाई झिकेर बेला-बेलामा टिस्युपेपरमा सेनिटाइजर राखेर अगाडि र पछाडिको भागलाई सफा गर्ने। केही बेर सुक्न छोड्दिने, यसैगरी कभरलाई पनि सफा गर्ने।

म त घरबाट बाहिर निस्केको छैन। कोरोना भाइरसबाट संक्रमित या सम्भावित व्यक्तिको सम्पर्कमा छैन। घरमा बसेको छु, पूर्ण रुपले सुरक्षित छु भनेर फुरुक्क नहुनुस्। तपाईँको सानो लापरवाही या भूलले ठूलो समस्या निम्त्याउन सक्छ। चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा बसेर कोरोनासँग लडिरहेका छन् भने के हामी आफ्नो घरमै बसेर सहयोग गर्न सक्दैनौँ?

Mishradr.lk@gmail.com

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?