निवेदन दिए वर्ल्ड लिंकले इन्टरनेट नकाट्‍ने प्रतिबद्धता

आइएसपानद्वारा सरकारको अवज्ञा, ‘पैसा नतिर्नेहरुको इन्टरनेट काट्छौँ’

आइएसपानद्वारा सरकारको अवज्ञा, ‘पैसा नतिर्नेहरुको इन्टरनेट काट्छौँ’
+
-

काठमाडौं- इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपान)ले भने लकडाउनले महँगीको मार इन्टरनेटमा पनि परेको र धान्‍नै नसक्‍ने भएकाले आइएसपीहरुले इन्टरनेटको पैसा नर्तिनेहरुको लाइन काटिने जनाएको छ।

लकडाउनको समयमा अत्यावश्यक सेवाहरु नरोक्‍ने निर्णय गरे पनि आइएसपानले वृद्ध-वृद्धा बाहेक अन्‍यहरुको हकमा पैसा नतिर्ने ग्राहकहरुको इन्टरनेटको लाइने काटिने आइएसपानका अध्‍यक्ष भोजराज भट्टले बताए। उनले देश सञ्‍चारसँग कुरा गर्दै भने, ‘लकडाउनमा आइएसपीहरुको काम धेरै बढेको छ। तर बजार बन्द भएकाले बक्यौता रकम उठाउनै सकिएको छैन। पैसाबिना त इन्टरनेट कसरी चलाउने ? अब समयमा पैसा नतिर्नेहरुको लाइन काट्छौँ हामी।’

उनले सरकारले दिएको आदेशको पनि पालना गरेको भन्‍दै अनलाइन मार्फत भुक्तानी गर्न सकिने भए पनि अहिले इन्टरनेटको बाँकी बक्यौता भने उठ्‍न नसकेकालाई कर्मचारीहरुलाई तलब दिन समेत गाह्रो भइरहेको गुनासो गरे। उनले भने, ‘लकडाउनमा इन्टरनेट सेवा प्रदायकहरुलाई गाह्रो पनि छ। हामी पनि कर्मचारीहरुलाई समयमा तलब खुवाउन सकेका छौँ। उनीहरुलाई राहत दिन सकेका छैनौ। अहिले इन्टरनेट सेवा पनि लकडाउनको मारमा छ।’

उनका अनुसार वृद्ध-वृद्धाको हकमा इन्टरनेट नकाटिने तर अरु ग्राहहरुले समयमै शुल्क नतिरे इन्टरनेट काटिनेछ। सरकारले इन्टरनेट सेवाबारे कुनै पनि निर्णय सम्बन्धित क्षेत्रसँग परामर्श नगरीकन ल्याउँदा इन्टरनेटमा धेरै समस्याहरु आउने गरेको उनको भनाइ छ।

यस्तै नेपालमा सबैभन्दा पुरानो इन्टरनेट सेवा प्रदायक आइएसपी वर्ल्डलिंकका सिइओ केशव नेपालले वर्ल्ड लिंकले ग्राहको अनुरोधलाई स्वीकार्दै इन्टरनेट नकाटिने बताए।

उनले भने, ‘हामी इन्टरनेटको पैसा तत्काल तिर्न नसक्‍नेले निवेदन दिनुपर्छ पछि तिर्ने सर्तमा। हामी सुचारु गर्छौँ उहाँहरुको इन्टरनेट। तर शहरबाट छोडेर गाउँ घरमा बसेर इन्टरनेट नचलाउनेहरुको नेट भने काटिन्छ। हामी लकडाउन अवधिभर उहाँहरुको इन्टरनेट सेवा काटिरहेका छौँ।’

यस्तै दनेपाल दूर सञ्चार प्राधिकरणले भने लकडाउनको बेला कुनै पनि आइएसपीले इन्टरनेट काट्‍न नपाउने गरी सेवा सुचारु गर्न निर्देशन दिएको छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले इन्टरनेट सेवा प्रदायकहरुलाई पछि भुक्तानी वा अनलाइन भुक्तानीमार्फत इन्टरनेट सेवा सुचारु गर्नुपर्ने बताए।

उनले भने, ‘ यस्तो अवस्थामा इन्टरनेट सबैको आवश्‍यकता हो। त्यकारण सबै सेवा प्रदायकहरुले बिना सूचना कुनै पनि ग्राहकको लाइन नकाट्न आग्रह गरेका छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?