
झापा- कोरोना भाइरस कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल तथा भारतमा बन्दाबन्दी शुरु भयो इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललाई लाग्यो अब सडकमा बसेर मागेर खाने मान्छेहरुको हालत के होला?
एक/दुई दिन बिचार गरे उनले कसैले केही गरिहाल्छ कि। कसैले पार नलगाएपछि उनी आफैं अग्रसर भए र प्रहरीलाई पाक्ने खाना लिएर ती मागेर खाने मान्छेहरु कहाँ/कहाँ बस्छन्, पुर्याउन गए। केही स्थानमा उनका मातहतका प्रहरीलाई खाना पुर्याउन पठाए।
शुरुका अवस्थामा प्रहरीको गाडी देख्ने बितिक्कै ती मागेर खाने मान्छे डरले भागे।
प्रहरी नायव उपरीक्षक पोखरेल भन्छन्, ‘शुरुमा उनीहरु हाम्रो अगाडि देखा परेनन्। तर अहिले प्रहरीको गाडी पुग्दा उनीहरुको अनुहारमा खुशी छाउँछ।’
खासगरि काँकरभिट्टा तथा इँटाभट्टा इलाकामा रहेका त्यस्ता मागेर खाने १२ जना रहेका छन्।
काँकरभिट्टाको बस पार्क तथा सार्वजनिक स्थलका सडक पेटीमा रहेका मागेर खाने असक्तहरुलाई बेहान तथा बेलुका प्रहरीले नै खाना खुवाइरहेको छ।
प्रहरी नायव उपरीक्षक पोखरेल भन्छन्, ‘हामी जस्तो खान्छौं त्यस्तै उहाँहरुलाई खुवाउँदै छौं।’