वैदेशिक रोजगारीमा ज्यान गुमाएकालाई नेपाल ल्याउन नसकिएपछि त्यही देशमा दाहसंस्कार

वैदेशिक रोजगारीमा ज्यान गुमाएकालाई नेपाल ल्याउन नसकिएपछि त्यही देशमा दाहसंस्कार
+
-

काठमाडौँ- वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकालाई नेपाल ल्याउन नसकिएपछि वैदेशिक रोजगार  बोर्डले परिवारलाई ‘मनाएर’ मृतकको अन्तिम दाहसंस्कार सोही देशमा गर्न पहल थालेको छ। त्यसका लागि बोर्डले मृतकका परिवारलाई ‘काउन्सेलिङ’ गरिरहेको छ।

वैदेशिक रोजगार बोर्डका अनुसार लकडाउन सुरु भएयता  काम गरिरहेकै देशमा चार जनाको दाहसंस्कार गरिएको छ। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले लकडाउनका कारण शव ल्याउन तत्काल असम्भव भएपछि परिवारलाई ‘काउन्सेलिङ’ गरेर उतै दाहसंस्कार गर्न पहल सुरु गरिएको बताए।

‘ज्यान गुमाएकाको शव हस्पिटलमा राखिरहँदा पनि समस्या हुन्छ। लकडाउन कहिले खुल्छ भनेर यकिन गर्न सकिने अवस्था छैन। लकडाउन नखुलिकन शव ल्याउन सकिँदैन। त्यसैले हामीले परिवारलाई मनाएर भरसक उतै दाहसंस्कार गर्न पहल गरिरहेका छौँ’, श्रेष्ठले भने।

काम गरिरहेकै देशमा शवको अन्त्येष्टि गर्न मृतकका परिवारको सहमती पत्र जसलाई प्राविधिक भाषामा ‘एफिडेभिट लेटर’ आवश्यक हुन्छ। मृतकका परिवारले नजिकैको वडा कार्यालयमा सिफारिसका लागि निवेदन दिएपछि त्यो जिल्ला प्रशासन कार्यालय हुँदै कामदार कार्यरत देशको नेपाली कुटनीतिक नियोगमा पुग्छ। नियोगले कामदार कार्यरत रहेको कम्पनीलाई दाहसंस्कारका लागि परिवारको अनुमती रहेको लिखित जानकारी गराएपछि दाहसंस्कारको प्रकृया अगाडि बढ्छ।

बोर्डका अनुसार गत साता यूएईमा दुई जना तथा सिसेल्स र दक्षिण कोरियामा एक एक जना मृतक नेपाली कामदारको दाहसंस्कार गरिएको थियो। यूएईमा अन्त्येष्टी गरिएका कामदारमध्ये रुपन्देहीकी महिला र कास्कीका पुरुष थिए। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ६८ नेपाली कामदारको शव अझै नेपाल ल्याउन बाँकी रहेको बोर्डका कार्यकारी प्रमुख श्रेष्ठले जानकारी दिए।

बोर्डका अनुसार मलेसियामा १५, साउदी अरबमा २८, कतारमा ८, यूएईमा १०, कुवेतमा ६ र साइप्रसमा एक जना नेपाली कामदारको शव रहेको छ। कुनै कामदारको निधन भए सम्बन्धित देशको कुटनीतिक नियोगलाई रोजगारीदाता कम्पनीले जानकारी गराउँछ। कुटनीतिक नियोगले ‘नो अब्जेक्सन सर्टिफिकेट(एनओसी)’ जारी गरेपछि कम्पनीले शवलाई सम्बन्धित देश पठाउने गर्दछ। नेपालको हकमा त्रिभुवन विमानस्थलमा शव आईपुगेपछि वैदेशिक रोजगार बोर्डले त्यसलाई परिवारको घरसम्म पुर्‍याउँछ।

‘ हामीले मृतकका परिवारसँग कुरा गरिरहेका छौँ। धेरै परिवार चाहीँ जसरी पनि शव नेपाल ल्याउने बरु लकडाउन नखुल्दासम्म पर्खने बताउनु हुन्छ’, बोर्डका कार्यकारी प्रमुख श्रेष्ठले भने। उनले विदेशमा रहेका नेपाली कामदारका शवमध्ये ८० प्रतिशत लकडाउनअघि नै मृत्यु भएको र बाँकी लकडाउनपछि मृत्यु भएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?