
झापा– झापाको दमक नगरपालिका वडा नं ३ का ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण पाइएपछि शनिबारदेखि ती पुरुषका छिमेकी तथा उनको सम्पर्कमा आएका लगायत चार सय जनाको स्वाब लिइने स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
कार्यालयका कार्यक्रम संयोजक जीवन चम्लागाईंका अनुसार युएईबाट गत चैत ४ गते दमक घरका आएका पुरुषका बुवामा कोरोना भाइरस संक्रमण देखिएको हो।
युएईबाट आएका पुरुषको परिवारबाट बुवा–आमा र उनकी श्रीमतीको स्वाब संकलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको थियो।
उनी, उनकी श्रीमती तथा आमामा कोरोना भाइरस संक्रमण नपाइएको चम्लागाईंले बताए।
उनले भने, ‘आरडिटी गर्दा बुवा–आमा र उनमा एन्टिबडी पोजिटिभ पाइएको थियो। यसको अर्थ उनले र उनकी आमाले कोरोना पचाए। अहिले बुवामा देखियो।’
छोरा र बुवा खेतबारीमा संगै काम गर्ने र बुवाको धेरैजनासँग सम्पर्क देखिएको हुनाले शनिबारदेखि नै ट्रेसिङको काम गर्ने उनले जानकारी दिए।