राष्ट्रिय आविष्कार केन्द्रले बनायो खाना र औषधि पुर्‍याउने ‘रोबोट’, छाउनी अस्पतालमा राखिने

राष्ट्रिय आविष्कार केन्द्रले बनायो खाना र औषधि पुर्‍याउने ‘रोबोट’, छाउनी अस्पतालमा राखिने
+
-

काठमाडौं-सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित विरामीका लागि खाना र औषधि पुर्‍याउने रोबोटको निर्माण गरेको छ।

आविष्कार केन्द्रका अनुसन्धानकर्ताले ११ दिन लगाएर उक्त खाना र औषधि बोक्‍ने रोबोटको निर्माण गरेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले देश सञ्‍चारलाई जानकारी दिए।

उनले भने, ‘ विश्‍वभर कोरोनाको माहामारी फैलिदो छ। नेपालमा पनि कोरोनाको विरामी बढेको बढ्यै छ। हामीले सैनिक अस्पताल छाउनीले एउटा ट्रली दिएर यसलाई विरामीको लागि खाना पुर्‍याउने मेसिन बनाइदिन आग्रह गरेपछि हामीले रोबोटको निर्माण गरेका हौ।’

उनका अनुसार उक्त रोबोट (७५-८०) हजारको लागतमा बनेको हो जसमा रिमोट कन्ट्रोल, भिडियो डिभाइस (भिजीए) र सेन्सर रहेको छ।

सुरज कार्की नेतृत्वको चारजना मेकानिकल इन्जिनियरहरुले उक्त रोबोटलाई बनाएको पुनले बताए। उनले भने, ‘हामीले मास्क, पीपीइ र श्वास लिने अटोमेटिक भेन्टिलेटरसँगै यसको पनि माग आएकाले बनाएका हौ।  तर यो रोबोटले भने विरामीहरुलाई आवश्‍यकता अनुसार खाना दिन्छ, पानी दिन्छ र औषधि पनि सँगै पुर्‍याइ दिन्छ।।’

आविष्कार केन्द्रले आफ्नो ल्याबमा परीक्षण गरिसकेको छ भने छाउनीस्थित सैनिक अस्पतालमा आज (आइतबार) लैजाने र त्यहाँ राखिने पुनले बताए।

उनका अनुसार यस्तै प्रकारको खाना र औषधि पुर्‍याउने रोबोटको माग धरान र सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालबाट पनि आइरहेको जानकारी दिए।

रोबोटले कसरी काम गर्छ ?


महावीर पुनका अनुसार यो रोबोटलाई सुरुमा अस्पतालमा लगिसकेपछि नर्स वा डाक्टर जो कोरोनाको विरामीलाई निगरानीमा रहन्छन्, उनीहरुलाई म्‍यानुअली रिमोट कन्ट्रोल गर्न सिकाउँछन्।

नर्सिङ स्टेशनमा एकजना अपरेटर हुन्छ ।  उसले अडियो-भिडियोको माध्‍यमबाट रियल टाइम अर्थात सोही सयममा कुरा गरन सक्छन् भने सो अनुसार खाना र औषधि पनि पुर्‍याउने गर्दछ।

त्‍यसपछि नर्स वा डाक्टरले आफ्नो रुममै बसेर अस्पतालको आइशोलेशनमा रहेका कोरोनाको विरामी समक्ष रिमोट कन्ट्रोलको माध्‍यमबाट पुर्‍याउन सक्छ।

यो पनि पढ्नुहोस्

विद्यार्थीहरुले बनाए कोरोना बिरामीको लागि खाना र औषधि बोक्‍ने ‘रोबोट’

विद्यार्थीहरुले बनाए कोरोना बिरामीको लागि खाना र औषधि बोक्‍ने ‘रोबोट’

महावीर पुनले अब पीपीइसँगै ‘फेस भाइजर’ पनि दिने

महावीर पुनले अब पीपीइसँगै ‘फेस भाइजर’ पनि दिने

आल्मुनियमको पीपीई बुथ बनाउँदै हस्पिटललाई बाँड्दै छन् महावीर पुन (१० तस्बिरहरु)

आल्मुनियमको पीपीई बुथ बनाउँदै हस्पिटललाई बाँड्दै छन् महावीर पुन (१० तस्बिरहरु)

महावीर पुनको आविष्कार केन्द्रले बनायो कोरोनाको स्वाब जाँच्‍ने बुथ, श्वास फेर्ने ‘अटोमेटिक रेस्क्यूरेलेटर’ बनाउँदै

महावीर पुनको आविष्कार केन्द्रले बनायो कोरोनाको स्वाब जाँच्‍ने बुथ, श्वास फेर्ने ‘अटोमेटिक रेस्क्यूरेलेटर’ बनाउँदै

सितिमिति भावुक नहुने महावीर पुन पनि भावुक बने

सितिमिति भावुक नहुने महावीर पुन पनि भावुक बने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?