क्वारेन्टाइनमा बस्न मानेका थिएनन् ५० वर्षीय कोरोना भाइरस संक्रमित

क्वारेन्टाइनमा बस्न मानेका थिएनन् ५० वर्षीय कोरोना भाइरस संक्रमित
+
-

झापा – कोरोना भाइरस संक्रमित बाह्रदशी गाउँपालिका–४ का ५० वर्षीय व्यक्ति करिब एक महिनाअघि भारतको दिल्लीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ।

ती व्यक्ति करिब १ महिनाअघि भारतको एउटा कार्यक्रममा सहभागी भएर आएको जानकारी पाएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए।

उदयपुरमा भेटिएका जमातीहरुकै समूहमा उनी नेपाल आएका हुन वा होइनन् भन्ने जानकारी नभए पनि उनी भारतको कुनै सभामा सहभागी भएर फर्किएको जानकारीमा आएको उनले बताए।

भारतबाट आए लगत्तै स्थानीय प्रशासनले क्वारेन्टाइनमा बस्न भनेर गरेको आग्रह पनि उनले नमानेको अध्यक्ष राजवंशीले बताए।

उनले भने, ‘दिल्लीको सभामा सहभागी भएर आएको भन्ने थाहा पाउने वितिक्कै गाउँपालिका र प्रशासनले क्वारेन्टाइनमा बस्न भनेका थियौँ। तर उहाँको परिवारले नै दिएन।’

उक्त क्षेत्रमा जमातिहरुको उल्लेख्य बसोबास रहेको भन्दै अध्यक्ष राजवंशीले संक्रमण देखिएलगत्तै सतर्कता बढाइएको बताए। अहिले संक्रमितको अवस्था सामान्य छ। उनलाई उपचारका लागि कोरोना विशेष अस्पताल विराटनगर लगिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?