नागढुंगामा प्रहरी घेराभित्र एक यात्रु: एकातिर पितृशोक, अर्काेतर्फ घरमा एक्लै बसिरहेकी छोरीको चिन्ता

नागढुंगामा प्रहरी घेराभित्र एक यात्रु: एकातिर पितृशोक, अर्काेतर्फ घरमा एक्लै बसिरहेकी छोरीको चिन्ता
+
-

´घरी चाउचाउ दिन्छन्, खान मिल्दैन। विजोग भो छोरी। जाडो पनि  रैछ।´

उनको हातमा अघिदेखि घुमिरहेको मोबाइलमा भर्खरै रिङ बज्न थालेको थियो।

नागढुंगाको सडक किनारमै जोडिएको नगरपालिका वडा कार्यालय भवनको भित्तामा टाँसिएर बसिरहेका भुवन बस्नेत कुराकानी रोकेर जोरपाटीमा रहेकी छोरीसँग गफ गर्न थाले।

स्वीच अफ भएको मोबाइल भर्खरै चार्ज गर्न पाएकाले उनलाई फोन आउन थालेको थियो।

बुवाको स्वास्थ्य स्थिती गम्भीर भएको जानकारी पाएपछि भुवन अत्तालिँदै गत चैत १० गते विराटनगरस्थित पोखरिया गएका रहेछन्, पुर्ख्यौली घर।

भोलिपल्टै बुबाको निधन भयो। त्यही दिनदेखि सरकारले देशब्यापी लकडाउन सुरु गर्‍यो। जोरपाटीस्थित ग्रिनसिटी हाउजिङ नजिकै रहेको घरमा छोरी एक्लै भइन्। भुवनलाई एकातिर पितृशोकको पीडा थियो भने अर्कातर्फ काठमाडौँमा एक्लै बसिरहेकी छोरीको चिन्ता।

तस्बिर: बर्षा शाह/देश सञ्चार

काजकिरिया सकियो तर लकडाउन खुल्ने कुनै संकेत थिए। बिस्तारै, स्थानीय निकायहरुले काठमाडौँबाट आफ्ना पालिका बासीहरुलाई ल्याइरहेको खबर सुने। काठमाडौँबाट दिनदिनै मानिसहरु बाहिर गइरहेको दृश्यहरु सन्चार माध्यमहरुमा देखे। सरकारले हरेक दिन लकडाउनलाई कडा गर्ने रटान दिइरहेपनि मानिसहरुको बाहिरिने लहर अझ बाक्लिँदो थियो।

केही दिन अघि विराटनगर महानगरपालिकाले पनि आफ्नो क्षेत्रमा अलपत्र रहेका काठमाडौँसहित विभिन्न क्षेत्रका मानिसलाई त्यहाँसम्म पुर्‍याउने तयारी सुरु गर्‍यो। एक दिन भुवनको मोबाइलमा म्यासेज आयो, आशय थियो- आइतबार काठमाडौँ गाडी जाँदै छ। तपाईँ समयमै आईपुग्नु होला।

उनले नजिकैको वडा कार्यालयमा गएर बुझ्दा सजिलै हुने बुझे। अनि।  ११ वर्षे छोरा लिएर आईतबार दिउँसो २ बजे काठमाडौँ जाने बस चढे। महानगरपालिकाले ७ वटा बसको व्यवस्था गरेको थियो। सोमबार बिहानै नागढुंगाभन्दा केही तल बसले उनीहरुलाई छाडिदियो। केहीका आफन्त मोटरसाइकल लिएर त्यहाँ पुगिसकेका थिए। केही सरकारी नम्बर प्लेटवाला गाडी पनि आफन्त लिन गएका थिए। केही भने चोरबाटो भएर काठमाडौँ छिरिसकेका थिए। त्यहाँ आफन्त कोही नपुगेकाहरु हुल बाँधिएर नागढुंगा चढ्दा चढ्दै प्रहरीको फन्दामा परे। उनिहरुमा भुवन पनि थिए।

´यहाँबाट निस्कने चान्स छैन पुलिसले ब्यारेकजस्तो घेरेको छ। घरमा भनेजस्तो हुन्छ।´, भुवन सोमबार साँझ छोरीसँग भन्दै थिए। बुबाको बर्खी बारेका कारण उनले जे पनि खाईहाल्न मिल्ने अवस्था थिएन। बिहानदेखि उनको मुखमा एक गिलास दूध र एउटा केरामात्र परेको थियो।

उनीहरु प्रशासनको निर्णयको प्रतिक्षामा थिए साँझसम्म। तर विराटनगर नै फिर्ता पठाउने हल्लाहरु सामाजिक सन्जालमार्फत पाइसकेका थिए।

हामीसँगै आएकाहरु काठमाडौँ घरमा पुगेर हामीसँग कुराकानी गरिरहेका छन्। तर हामीलाई भने…….। हामी पनि त जनता हौँ, किराफट्यांग्रा होइनौँ।, नजिकै रहेकी २०/२० वर्षकी युवती आक्रोश पोख्दै थिइन्।

साँझ उनिहरु सबैलाई विराटनगर फिर्ता गरिएको महानगरीय प्रहरी वृत, थानकोटका प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?